शुक्रबार, वैशाख १२, २०८२

रोकिएन नेप्सेको निरन्तरको गिरावट, १४ अंकले घट्दा पाँच अर्ब १४ करोडको शेयर किनबेच

नेपालखोज २०८१ चैत ५ गते १५:३७

काठमाडौं । नेप्सेको निरन्तरको गिरावटले साताको चौंथो कारोबार दिन आज बुधबार पनि निरन्तरता पाएको छ ।

अघिल्लो दिन सात दशमलव ६६ अंकले घटेको नेप्से आज पुन १४ दशमलव ८८ अंकले घटेर २६ सय ८२ दशमलव १५ अंकमा झरेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ९६ अंकले घटेर चार सय ४९ दशमलव ९२ अंकमा झरेको छ ।

नेप्सेमा आज ३११ वटा कम्पनीहरुको ५४ हजार छ सय २२ पटकको कारोबारमा ९५ लाख ८३ हजार आठ सय २९ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम पाँच अर्ब १४ करोड ३९ लाख ९७ हजार छ सय ४३ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समूहको शेयर कारोबार भएकोमा तीन वटा समूहको सूचक बढेर बाँकी समूहको सूचक घटेका छन् । जसमध्ये होटल तथा पर्यटन समूहको सूचक सात दशमलव शुन्य छ अंकले बढेर छ हजार पाँच सय ७१ दशमलव ५६ अंकमा चढेकोमा सामुहिक लगानी कोष र व्यापार समूहको सूचक क्रमशः शुन्य दशमलव शुन्य तीन र २५ अंकले बढेका छन् ।

यि बाहेक वाणिज्य बैंक समुहको सुचक भने सात दशमलव ७१ अंकले घटेर १३ सय ६६ दशमलव १० अंकमा झरेकोमा विकास बैंक समुहको सुचक पनि सात दशमलव ४० अंकले घटेर पाँच हजार छ सय ४३ दशमलव १९ अंकमा झरेको छ । फाइनान्स समूहको सूचक ४० दशमलव ३३ अंकले घटेर २५ सय ९० दशमलव शुन्य पाँच अंकमा झरेकोमा जलबिद्युत समुहको सुचक पनि २४ दशमलव १६ अंकले घटेर तीन हजार पाँच सय ७१ दशमलव ५० अंकमा झरेको छ ।

यसैगरी जीवन बीमा समूहको सूचक दुई सय दशमलव ७८ अंकले घटेर १३ हजार तीन सय २४ दशमलव ३० अंकमा झरेकोमा निर्जीवन बीमा समुहको सुचक ६४ दशमलव ५६ अंकले घटेर १२ हजार पाँच सय ४३ दशमलव ४० अंकमा झरेको छ । यि बाहेक लगानी, उत्पादनमुलक, लघुवित्त र अन्य समूहको सूचक क्रमशः शुन्य दशमलव ५२, २४ दशमलव ४६ र १२ दशमलव २८ अंकले घटेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा महिला लघुवित्त वित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सामुदायिक लघुवित्त वित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने हिमालयन रि इन्स्योरेन्स कम्पनी परेको छ ।

प्रतिक्रिया