बुधबार, वैशाख १२, २०८१

आर्थिक सम्पन्नताको पर्याय चीन !

नेपालखोज २०७८ मंसिर २ गते १२:४१

चीन संसारकै सबैभन्दा धनी देश


काठमाडौं । संसारका ठूला कन्सल्टेन्सी फर्ममध्येको एक म्याकेन्जीको एक रिपोर्टअनुसार चीन संसारकै सबैभन्दा धनी देश भएको छ भने अमेरिका ऊभन्दा पछाडि पर्दै नम्बर दुईमा पुगेको छ । म्याकेन्जीले १० वटा देशको ब्यालेन्स सिटका आधारमा यो रिपोर्ट तयार गरेको हो । यद्यपि यसमा संसारका अन्य एजेन्सीहरुले समर्थन जनाइसकेका छैनन् । तैपनि यो रिपोर्टले भन्छ यसबीच सारा संसारको सम्पत्ति बढेको छ भने बितेको दुई दशकमा चीनको सम्पत्ति पनि अथाह वृद्धि भएको छ ।

म्याकेन्जीको रिपोर्टअनुसार चीनको वेल्थ अर्थात् सम्पत्ति सन् २००० को ७० ट्रिलियन डलरबाट बढेर १२० ट्रिलियन डलर भएको छ । म्याकेन्जीले यो तथ्यांक के आधारमा तयार पारेको हो स्पष्ट भइसकेको छैन । संसारका तमाम अन्य रिपोर्टअनुसार अहिले चीनको कुल सम्पत्ति ११ ट्रिलियन डलर छ जुन जीडीपीमा आधारित छ । ती अन्य रिपोर्टमा अमेरिका १८ ट्रिलियन डलरका साथ नम्बर एकमा छ ।

No description available.

एक समयमा चीनको आर्थिक स्थिति निकै खराब थियो । साच्चै भन्ने हो भने ४० वर्षपहिले चीन निकै गरिब थियो । उसको आर्थिक अवस्था कमजोर मानिन्थ्यो । त्यहाँको व्यवस्था पनि खराब मानिन्थ्यो । गरिबी बढिरहेको अवस्थामा जनसंख्याको ठूलो भागले खराब जीवनस्तरमा गुजारा चलाइरहेको थियो । त्यहाँ लग्जरी वा विलासिताको कुरा त धेरै टाढाको कुरा थियो ।

१९७८ पछि तीव्र परिवर्तन
विश्व बैंकको एक रिपोर्टअनुसार १९७८ पछि चीनमा तीव्र परिवर्तन देखा पर्न थाल्यो । हुँदाहुँदा अहिले चीन संसारकै सबैभन्दा धनी मुलुक भनिन थालेको छ । चीनका मानिसहरु संसारका अन्य देशको तुलनामा धेरै गुणा धनी भइसकेका छन् ।

विश्व बैंकको रिपोर्टअनुसार १९७८ पछि चीनले एकसाथ कैंयन् क्षेत्रमा सुधारका कार्यक्रम सुरु गर्‍यो । यसअन्तर्गत चीनले उत्पादन तथा उद्योगधन्दाको विकासमा विशेष ध्यान दियो भने भूमि सुधार, शिक्षाको विस्तार अनि जनसंख्या नियन्त्रणमा समेत कदम अघि बढायो ।

१९७८ मा जब चीनले आर्थिक सुधारको कार्यक्रम सुरु गर्‍यो तब त्यहाँको प्रतिव्यक्ति आय १५५ अमेरिकी डलर थियो तर आज तस्बिर पूरै बदलिएको छ । चीन सम्पन्नता र वैभवका साथ हरेक क्षेत्रमा धेरै अगाडि बढिसकेको छ । संसारभरका मानिस चीनलाई अमेरिकापछिको संसारकै दोस्रो ठूलो ताकत मान्छन् । यसमा कसैले पनि कुनै विवाद गर्दैन ।

चीनको प्रतिव्यक्ति आय
१८९१ मा चीनको प्रतिव्यक्ति आय ३३१ डलर थियो भने अहिले चीनको प्रतिव्यक्ति आय वार्षिक १०,५०० डलरजति छ ।
२०१५ मा चीनको प्रतिव्यक्ति आय ७,९२५ डलर थियो । यस हिसाबले बितेका २५ वर्षमा चीनको प्रतिव्यक्ति आय २४ गुणाले बढेको छ ।

२० प्रतिशत मानिस सहरमा थिए
माओको शासनकालमा संसारका लागि चीनको ढोका बन्द नै थियो । माओका उत्तराधिकारी देङ सियोपिङले चीनको अर्थतन्त्रलाई एउटा नयाँ बाटो दिए । चीन उदार र खुला अर्थतन्त्रतर्फ उन्मुख भयो । त्यसपछि नै चीनको विकास र सहरीकरण तीव्र रुपमा अघि बढ्यो । १९७८ भन्दा पहिले चीनको ९० प्रतिशत जनसंख्या गरिबीमा थियो । त्यतिबेला केवल २० प्रतिशत चिनियाँ सहरमा बस्थे । १९७८ मा चीन एउटा चौबाटोमा उभिएको थियो । चीनका अगाडि सांस्कृतिक क्रान्त्रि र चेयरमेन माओको निधनपछि कता जाने भन्ने अन्योल थियो । देशमा माओको छाप यति गहिरो थियो कि कुनै पनि किसिमको परिवर्तन सहज थिएन । त्यतिबेला चीनको आगामी बाटोलाई लिएर कम्युनिस्ट पार्टीभित्र लामो बहससमेत चलेको थियो ।

No description available.

नयाँ चीनको जन्म
आखिर १८ डिसेम्बर १९७८ मा चीनका प्रमुख नेता देङ सियोओपिङले ती सारा बहस र अन्योलको अन्त गर्दै एउटा नयाँ बाटो हिड्ने घोषणा गरे । त्यो दिन उनले बेइजिङमा बसेको कम्युनिस्ट पार्टीको बैठकमा विकासशील कार्यक्रम तथा आर्थिक सुधारहरु लागु गर्ने निर्णय लिए । समयले त्यही दिनलाई एउटा नयाँ चीनको जन्मदिन साबित गर्‍यो । यो चीनको दोस्रो क्रान्त्रि थियो । देङ आफू लो-प्रोफाइलमा बस्थे र पूरा ध्यान चीनको अर्थव्यवस्थालाई गति दिने कुरामा लगाउँथे ।

त्यो दिन पूरै चीनमा उत्सवको वातावरण थियो । मानिसहरु खुसी मनाउँदै सडकमा रमाइरहेका थिए । डिनर टेबलहरुमा मदिराका बोतलहरु खोलिए र सबैले एक-अर्कालाई बधाई दिइरहेका थिए । त्यो दिनको ४० वर्षमा अहिले चीनको सबै कुरामा परिवर्तन आइसकेको छ । त्यतिबेला विश्व अर्थव्यवस्थामा चीनको भागिदारी केवल १.८ प्रतिशत थियो जुन २०१७ मा १८.२ प्रतिशतमा पुग्यो ।

चीनले उदारीकरणका लागि पूरा खाका तयार गरेको थियो । चीनका नेताहरुले केन्द्रीय नियन्त्रणमा जोड त दिएका थिए नै त्यसका साथमा उनीहरुले स्थानीय सरकार, निजी कम्पनी तथा विदेशी लगानीकर्ताहरुबीच राम्रो तालमेल पनि कायम गरेका थिए ।

चारैतिर कारै-कार
पहिले चीनको सडकमा केवल साइकल मात्र देखिन्थे । कार त दुर्लभ वस्तुजस्तै थियो । अहिले चीनका सडक कारले खचाखच भरिएका छन् । चीनमा तीन हजार लाखभन्दा बढि रजिस्टर्ड कार छन् । अहिले त्यहाँ बाइक र साइकल निकै कम देखिन्छन् । ट्राफिक जाम चीनका लागि सामान्य कुरा भइसकेको छ ।

चीनको बजार विविध प्रकारका सामानले भरिएको छ । चीनको जीडीपी निरन्तर उकालो चढिरहेको छ । चीनले संसारलाई राम्रा र लग्जरियस गुड्सका साथै किफायती सामानसम्म उपलब्ध गराइरहेको छ । अहिले चीनसँग संसारका अरु मुलुकको तुलनामा सबैभन्दा बढी विदेशी मुद्रा (३.१२ खर्ब डलर) छ । जीडीपीको आकारका आधारमा चीन संसारको दोस्रो ठूलो देश हो । विदेशी लगानी आकर्षित गर्ने कुरामा चीन संसारको तेस्रो स्थानमा छ । चीन अहिले म्यान्युफ्याक्चरिङ सुपरपावर बन्ने दिशामा अघि बढिरहेको छ । एक रिपोर्टअनुसार चीनमा पछिल्ला १० महिनामा विदेशी पुँजी लगानी १७.४८ प्रतिशतले बढेको छ ।

No description available.

वर्तमान राष्ट्रपति सी जिनपिङ चीनको अर्थव्यवस्थालाई थप प्रभावशाली बनाउन म्यान्युफ्याक्चरिङको मामिलामा सुपरपावर बनाउन चाहन्छन् । त्यसैले उनले देङको नीतिलाई नै अघि बढाइरहेका छन् जसमा अर्थव्यवस्थाको उदारीकरण तथा आर्थिक सुधारजस्ता कदम सामेल छन् ।

यसका लागि चीनले विशेष आर्थिक क्षेत्रको निर्माण गरेको छ । विशेष आर्थिक क्षेत्रका लागि चीनले दक्षिणी तटीय प्रान्तहरुलाई केन्द्र बनाएको छ । अहिले चीनको विदेशी व्यापार १७,५०० प्रतिशतले बढिसकेको छ । २०१५ मै चीन विदेशी व्यापारको मामिलामा संसारको अगुवा भइसकेको थियो । १९७८ मा चीनले पूरै वर्ष गर्ने व्यापार अहिले ऊ केवल दुईदिनमा गरिरहेको छ ।

प्रतिक्रिया