शुक्रबार, वैशाख १२, २०८२

नेपालगंजमा टाटाको नयाँ इभिहरु सार्वजनिक

नेपालखोज २०८१ चैत ५ गते १९:५३

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक बितरक सिप्रदी ट्रेडिङ्ग प्रा. लि.ले टाटाको नेपालमा हालै लन्च भएको कर्भ इभि, नेक्सन के३ इभि र टाटा टियागो इभि नेपालगंजमा लन्च गरेको छ । नेपालगंजस्थित रुद्रप्रिया इन्टरनेस्नल शोरुमबाट बहुप्रतीक्षित गाडीहरु कर्भ इभि, नेक्सन के३ र टाटा टियागो इभि २०२५ लन्च भएका छन् ।

सो कार्यक्रममा सिप्रदी ट्रेडिङ्ग प्रा. लि.का तर्फबाट प्यासेन्जर भेहिकलका बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापती र टाटा मोटर्सको लागि नेपालका कन्ट्री म्यानेजर प्रसन्न रंगनाथानको साथ नेपालगंज उप–महानगरपालिका मेयर प्रशान्त बिस्टको प्रमुख आतिथिय रहेको थियो ।

कार्यक्रममा बोल्दै सिप्रदी ट्रेडिंगका प्यासेन्जर भेहिकलका बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापतीले भने, ‘आज टाटा इभिको नंया मोडलहरु नेपालगंजमा लन्च गर्न पाउँदा हामी अत्यन्त उत्साहित छौं । कर्भ.इभी डिजाइन, प्रिमियम फिल, सेफ्टी फिचर, उत्कृष्ट साउन्ड सिस्टम र सबैभन्दा महत्वपुर्ण नेपालको बाटो घाटोलाई सुहाउने प्रिमियम गाडी भएकोले प्रिमियम एसयूभी लिन खोज्ने ग्राहकहरुको पहिलो रोजाइमा पर्नेमा हामी दुक्क छौं । नेक्सन के३ इभि अझै ठुलो ब्याट्रीमा धेरै रेञ्जमा आएको छ। टियागो इभि २०२५ मोडेल नयाँ लुक्स, नयाँ सुविधाहरू तर पुरानै मूल्यमा आएको छ । अब ग्राहकहरुले नेपालको बाटो सुहाउँदो, सुरक्षित टाटाको गाडीहरु आफ्नो बजेट र इच्छा अनुसारले रोज्न सक्हुनेछ ।’

त्यस्तै रुद्रप्रिया इन्टरनेस्नलका प्रबन्ध निर्देशक माधव शर्माले टाटा मोटर्सको आधुनिक र प्रिमियम गाडीहरु लन्च गर्न पाउँदा हर्सित भएको बताए ।

टाटा मोटर्सको लागि नेपालका कन्ट्री म्यानेजर प्रसन्न रंगनाथानले टाटा र सिप्रदी बिक्रिपछिको सेवाको लागि सिप्रदी तत्पर लागिरहेको र ग्राहकहरुलाई टाटा मोटर्सको स्टाइलिश, प्रिमियम नंया गाडीहरु ढुक्क भएर लिन आग्रह गरे ।

उक्त कार्यक्रममा नयाँ ग्राहकहरुलाई गाडीको साँचो पनि हस्तान्तरण भएको थियो । आजबाट नेपालगंजका ग्राहकहरुले रुद्रप्रिया इन्टरनेस्नलको शोरुममा गएर लन्च भएको गाडीहरु कर्भ इभि, नेक्सन के३ र टाटा टियागो इभिको टेस्ट ड्राइभ गर्न सक्नेछन् ।

प्रतिक्रिया