शनिबार, वैशाख १३, २०८२

विश्वकप छनोटको तयारी : नेपालले भारतको प्रान्तीय टिमसँग खेल्ने

नेपालखोज २०८१ चैत ७ गते २०:५४

काठमाडौं । आइसिसी यु-१९ पुरुष विश्वकप क्रिकेट प्रतियोगिता छनोटको तयारीमा नेपालले भारतको प्रान्तीय टिम दिल्लीसँग अभ्यास खेल खेल्ने भएको छ ।

नेपालमा आयोजना हुने उक्त अभ्यास खेलमा तीन खेलको शृङ्खला खेलिने नेपाल क्रिकेट सङ्घ ९क्यान०का प्रवक्ता छुम्बी लामाले जानकारी दिए । उनका अनुसार शृङ्खला यही चैत १२ देखि १६ गतेसम्म वीरगन्जस्थित नारायणी क्रिकेट रङ्गशालमा हुनेछ ।

पहिलो खेल चैत १२ गते हुने छभने दोस्रो खेल चैत १४ गते हुनेछ । त्यस्तै तेस्रो तथा अन्तिम खेल चैत १६ गते हुनेछ । यु-१९ विश्वकप एसिया छनोट यही चैत ३० गतेदेखि काठमाडौँमा हुने तय भएको प्रवक्ता लामाले बताए । उक्त प्रतियोगितामा नेपालसहित अफगानिस्तान, हङकङ, ओमान र संयुक्त अरब इमिरेट्स (युएई) सहभागी छन् ।

प्रतिक्रिया