शुक्रबार, वैशाख २६, २०८२

पोशाक उत्पादन गरेर आत्मनिर्भर बन्दै धिमाल महिला

नेपालखोज २०८१ चैत ८ गते ५:३९

मोरङ । जातीय पोशाक संरक्षण गर्दै आर्थिक हिसाबले आत्मनिर्भर बन्न लोप हुँदै गएको संस्कार र संस्कृतिको संरक्षण र संवर्द्धन मात्र नभएर आफ्ना जातीय पोशाक निर्माण गरेर यतिबेला मोरङ बेलबारीका धिमाल समुदायका महिला आत्मनिर्भरता बन्न लागिपरेका छन् ।

बेलबारी नगरपालिकाले विसं २०७७ फागुन ३० गते धिमाल समुदायलाई पहिलो जातिका रूपमा सूचीकृत गरेको थियो । हाल नगरपालिकाले धिमाल समुदायलाई भाषा, संस्कार र संस्कृतिको संरक्षण गर्दै आयआर्जनका लागि समेत विभिन्न सीपमूलक कार्यक्रममा महिलालाई सहभागी गराउँदै अघि बढाउन थालेको छ ।

विशेषगरी महिलाले निर्माण गर्ने पेटानी, आल्गी, खदालगागत अन्य कपडा निर्माणका लागि तान वितरण गरेर सहयोग गरेको बेलबारी–३ का वडाध्यक्ष योगेन्द्रप्रसाद सुवेदीले बताइन् । उनी भन्छन्, ‘यस वडाका धिमाल महिलालाई दुई वर्षदेखि आवश्यकतानुसार धागो दिइरहेका छौँ, गत वर्ष २८ परिवारलाई घागो वितरण गरेकामा यस वर्ष बढाएर ३० परिवारलाई धागो वितरण गरेका छौँ ।’

बेलबारी–३ ले धिमाल समुदायको बाक्लो बसोबास रहेको धिमाल टोल (भूमिडाँडा)मा तान र धागोसमेत वितरण गरेपछि धिमाल महिला यतिबेला सोही तान र धागोमार्फत पेटानी, आल्गी, खदालगायत सामग्री निर्माण गरेर बिक्री गरिरहेकी छन् ।

एउटा खदाको मूल्य एक सय रुपैयाँसम्म पर्ने गर्छ भने पेटानीको मूल्य दुई हजार पाँच सय रुपैयाँसम्म पर्ने गरेको सीता धिमाल बताइन् । झापाको दमकमा सिकेर आएको सीप आफ्नै ठाउँका साथीलाई सिकाउँदै आफू पनि गर्दै गरेको उनले बताइन् । विगतमा भन्दा हाल खदा र पेटानीको माग बढ्दो रहेको उनले जानकारी दिइन् ।

प्रतिक्रिया