शुक्रबार, वैशाख १२, २०८२

’सिरिजको साख जोगाउँदै नयाँपन दिनु चुनौती थियो’

नेपालखोज २०८१ चैत ९ गते १६:०४

काठमाडौं । प्रदर्शनमा आई व्यापारिक तथा समीक्षागत दुवै रूपमा सफल बनेको चलचित्र ‘होस्टेल ३’ को पटकथा र संवाद लेखेका छन्, जसले कलेज जीवनका विभिन्न पक्षहरूलाई उजागर गरेको छ । यस चलचित्रमा उनी लेखक मात्र होइनन्, एशोसियट निर्देशक पनि हुन् ।

कलेज जीवनका कथाहरूमा केन्द्रित ‘होस्टेल’ शृङ्खलाको तेस्रो संस्करण ‘होस्टेल ३’ ले फागुन २३ गतेदेखि विश्वभरका नेपाली दर्शकमाझ प्रदर्शनमा आएको थियो । हालसम्म पनि नेपाल तथा ओभरसिजमा प्रदर्शनमा रहेको यस चलचित्रले कलेज जीवनका रमाइला क्षणहरू मात्र होइन, तिनका चुनौतीहरूलाई पनि पर्दामा उतारेको छ ।

यसअघि ‘ए मेरो हजुर ४’ र ‘उपहार’ जस्ता चलचित्रमा लेखन टिममा काम गरिसकेका शर्माले ‘होस्टेल ३’ को लेखनमा ती अनुभवहरूले धेरै मद्दत पु¥याएको बताए । उनका अनुसार, विगतमा लेखिएका चलचित्रहरू पनि व्यावसायिक चलचित्र नै हुन्, दर्शकलाई मनोरञ्जन दिने उद्देश्यले लेखिएका हुन्, र यो चलचित्र पनि दर्शकलाई मनोरञ्जन दिन नै लेखिएको हो । मनोरञ्जनको साथमा केही न केही सन्देश रहेको उनले बताए ।

नेपाली चलचित्रको सफलताका लागि कथाको भूमिकाबारे शर्मा भन्छन्, चलचित्र बन्नका लागि सबैभन्दा ठुलो कुरो भनेकै कथा हो । र, त्यो कथा भन्ने शैली कस्तो हुन्छ त्यो नै सबैभन्दा ठुलो चुनौती हो । नेपाली चलचित्रमा पनि कथा भन्ने शैली नै सबैभन्दा ठुलो चुनौती हो । कथा भन्ने शैली प्रस्ट भएमा दर्शकले बुझेमा र त्यो कथालाई आफ्नो जस्तै मानेमा अथवा समसामयिक भएमा दर्शकहरूले अझै बढी अपनत्व लिन्छन् ।

नयाँ लेखकहरूका लागि सल्लाह दिँदै शर्माले अध्ययन, व्यवहारिक ज्ञान, चलचित्र हेर्ने बानी, आफ्नो भाषा र संस्कृतिलाई ध्यानमा राख्नुपर्नेमा जोड दिए । उनका अनुसार, यहाँ कस्तो परिवेशको चलचित्रहरू बढी चल्छ, त्यसैलाई प्राथमिकता राखेर लेख्यो भने अझै बढी दर्शकको माया पाउन सकिन्छ ।

प्रतिक्रिया