शुक्रबार, वैशाख १२, २०८२

४१ अंकले बढ्दा पाँच अर्ब २२ करोडको शेयर किनबेच

नेपालखोज २०८१ चैत १३ गते १५:२९

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज बिहिबार पनि नेप्से बढेर रोकिएको छ । अघिल्लो दिन ३९ अंकले बढेको नेप्से आज ४१.४३ अंकले बढेर २ हजार ६६३.३० अंकमा पुगेको छ । यसैगरी ‘क’ बर्गका कम्पनीको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि ५.६० अंकले बढेर ४४६.२९ अंकमा पुगेको छ ।

नेप्सेमा आज ३०९ वटा कम्पनीको ५५ हजार ४४२ पटकको कारोबारमा ९७ लाख ७२ हजार १९६ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम पाँच अर्ब २२ करोड ३० लाख ८३ हजार ३०४० रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समूहको शेयर कारोबार भएकोमा सबै समूहको सूचक बढेर नेप्से पुरै हरियो भएको छ । सो मध्ये बाँणिज्य बैंक समूहको सूचक १३.३३ अंकले बढेर १ हजार ३५७.४२ अंकमा पुगेकोमा विकास बैंक समुहको सुचक ६४.४४ अंकले बढेर पाँच हजार ५०४.८८ अंकमा पुगेको छ । फाइनान्स समूहको सूचक ३६.५७ अंकले बढेर २ हजार ५५८. शुन्य दुई अंकमा पुगेकोमा जलबिद्युत समुहको सुचक पनि ४१.७२ अंकले बढेर तीन हजार ४७४.३० अंकमा पुगेको छ ।

जीवन बीमा समुहको सुचक पनि दुई सय ३७.२२ अंकले बढेर १३ हजार ४५८.८८ अंकमा पुगेकोमा निर्जीवन बीमा समुहको सुचक पनि एक सय १५.७४ अंकले बढेर १२ हजार २६५.५९ अंकमा पुगेको छ ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा गुराँस लघुवित्त वित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा कुमारी सवल योजना परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने हिमालयन रि इन्स्योरेन्स कम्पनी पहिलो स्थानमा परेको छ ।

प्रतिक्रिया