सातामा २५ अर्ब ४१ करोड १९ लाख रुपैंयाँको शेयर किनबेच
२६ सय ६३ बिन्दुमा नेप्से

काठमाडौं । यो साता सेयर बजार परिसुचक नेप्से २६ सय ६३ दशमलव ३० बिन्दुमा कायम भएको छ । यसैगरी क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार सय ४६ दशमलव २९ बिन्दुमा कायम भएको छ ।
यो साता तीन सय २६ वटा कम्पनीहरुको सेयर कारोबार भएका छन् । जसअनुसार दुई लाख ९६ हजार सात सय ४८ पटकको कारोबारमा पाँच करोड २१ लाख ८२ हजार एक सय १० कित्ता शेयर खरिद–बिक्री हुुँदा कुल कारोबार रकम २५ अर्ब ४१ं करोड १९ लाख ५१ हजार तीन सय ५३ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा झण्डै एक अर्ब रुपैंयाँले कम हो ।
गत साता धितोपत्र बजारमा तीन सय ३१ वटा कम्पनीहरुको सेयर कारोबार भएका थिए । जसअनुुसार दुई लाख ९७ हजार पाँच सय ४८ पटकको कारोबारमा पाँच करोड १३ लाख ३१ हजार तीन सय ९८ कित्ता शेयर खरिद–बिक्री हुँदा कुल कारोबार रकम २६ अर्ब २९ं करोड ६८ लाख ९५ हजार छ सय ७२ रुपैयाँ पुगेको थियो ।
यो साता नेप्सेको नियमित कारोबार कक्ष सातामा पाँच कार्य दिन नैं खुल्ला रहेको थियो । जसमध्ये दोस्रो, चौंथो र पाँच दिन बढेको नेप्से पहिलो र तेस्रो दिन भने घटेको थियो ।
दैनिक शेयर कारोबारको बिश्लेषण गर्दा साताको पहिलोे कारोबार दिन आईतबार नेप्से परिसुचक ५४ दशमलव ६२ अंकले ओरालो लागेर २६ सय १४ दशमलव ६८ बिन्दुमा झरेकोमा क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि आठ दशमलव ३७ अंकले ओरालो लागेर चार सय ३९ दशमलव ३३ बिन्दुमा झरेको थियो ।
दोस्रो कारोबार दिन भने नेप्से परिसुचक २६ दशमलव १० अंकले उकालो लागेर २६ सय ४० दशमलव ७८ बिन्दुुमा चढेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव शुन्य नौं अंकले उकालो लागेर चार सय ४३ दशमलव ४२ बिन्दुमा चढेको थियो । तेस्रो कारोबार दिन भने नेप्से परिसुचक ५८ दशमलव पाँच अंकले ओरालो लागेर २५ सय ८२ दशमलव ७३ बिन्दुुमा झरेकोमा क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव ८४ अंकले ओरालो लागेर चार सय ३४ दशमलव ९७ बिन्दुमा झरेको थियो ।
चाैंथो कारोबार दिन भने नेप्से परिसुचक ३९ दशमलव १३ अंकले उकालो लागेर २६ सय २१ दशमलव ८६ बिन्दुुमा चढेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव ७१ अंकले उकालो लागेर चार सय ४० दशमलव ६९ बिन्दुमा चढेको थियो । पाँचौं कारोबार दिन पनि नेप्से परिसुचक ४१ दशमलव ४३ अंकले उकालो लागेर २६ सय ६३ दशमलव ३० बिन्दुुमा चढेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव ६० अंकले उकालो लागेर चार सय ४६ दशमलव २९ बिन्दुमा चढेको थियो ।
यो साता बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा हिमालयन रि इन्स्योरेन्स कम्पनी, नेपाल पुर्नबीमा कम्पनी परेका छन् भने सेयर कारोवार भएको संख्याको आधारमा पनि हिमालयन रि इन्स्योरेन्स कम्पनी र नेपाल पुर्नबीमा कम्पनी नैं अगाडि देखिएका छन् । बजार पुंजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी अगाडि परेकाछन् ।
दैनिक सेयर कारोबार तालिका
दिन कम्पनी संख्या कारोबार संख्या कित्ता संख्या कारोबार रकम
पहिलो दिन ३१७ ७२२६५ १२३७१२८० ६३२०१४१३६५.६०
दोस्रो दिन ३२६ ५८२३५ ९७३९७३८ ४४८३५९९००४.४९
तेस्रो दिन ३२५ ६२०२१ १११५५९५५ ५१८०७१८७०८
चौंथो दिन ३१७ ४८७८५ ९१४२९४१ ४२०४४०८८९४.९०
पाँचौं दिन ३०९ ५५४४२ ९७७२१९६ ५२२३०८३३४०.९३
कुल ३२६ २९६७४८ ५२१८२११० २५४११९५१३५३.८५
(श्रोत : नेपाल स्टक एक्सचेन्ज लिमिटेड)
प्रतिक्रिया