शनिबार, वैशाख १३, २०८२

सवारी दुर्घटनामा एक जनाको मृत्यु

नेपालखोज २०८१ चैत १४ गते १७:५८

मकवानपुर । मनहरी गाउँपालिका–६ लोथर बजारस्थित सडकमा बा.प्र.०३–००६ ख ५६८१ नम्बरको बस र बा.प्र.०३–००१ च ३०१२ नम्बरको म्याजिक गाडी एकआपसमा ठक्कर खाई शुक्रबार बिहान दुर्घटना हुँदा म्याजिक चालक राक्सिराङ गाउँपालिका–४ बस्ने ३२ वर्षीय सन्देश कोईरालाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले बस चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

तीन थान भरूवा बन्दुक बरामद

रूकुम पूर्व । भुमे गाउँपालिका–३ झिङवाङ खोला नजिकबाट भरूवा बन्दुक ३ थान बिहीबार साँझ प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रूकुम पूर्वबाट खटिएको प्रहरीले खोला नजिक लुकाई छिपाई राखिएको उक्त बन्दुक फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया