३२ अंकले बढ्दा सात अर्ब ५६ करोडको शेयर किनबेच

काठमाडौं । शेयर बजारमा हरियाली छाएको छ । साताको पहिलो कारोबार दिन आज आइतबार नेप्से ३२.२४ अंकले बढेर २६ सय ९५.५५ अंकमा पुगेको छ । यसैगरी क बर्गका कम्पनीको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि ४.५० अंकले बढेर ४५०.७९ अंकमा पुगेको छ ।
नेप्सेमा आज तीन सय २३ वटा कम्पनीको ७६ हजार ३५४ वटा कम्पनीको एक करोड ५५ लाख ७२ हजार ८६२ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम सात अर्ब ५६ करोड ८२ लाख २६ हजार १९७ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा सामुहिक लगानी कोष समूहको सूचक झिनो अंंकले घटेपनि बाँकी समूहहरुको सूचक भने उच्च अंकले बढेको छ । जसमध्ये बाँणिज्य बैंक समूहको सूचक १३.४७ अंकले बढेर १ हजार ३६९.७५ अंकमा पुगेकोमा विकास बैंक समुहको सुचक पनि ५१.३१ अंकले बढेर पाँच हजार पाँच सय ५२ दशमलव शुन्य सात अंमा पुगेको छ ।
फाइनान्स समूहको सूचक पनि ५२.७१ अंकले बढेर २ हजार ६०७.०८ अंकमा पुगेकोमा जलबिद्युत समूहको सूचक ५६.८६ अंकले बढेर तीन हजार ५२७.१३ अंंकमा पुगेको छ ।
जीवन बीमा समूहको सूचक पनि १२६.८७ अंकले बढेर १३ हजार ५७५.२६ अंकमा पुगेकोमा निर्जीवन बीमा समूहको सूचक पनि एक सय दुई दशमलव शुन्य एक अंकले बढेर १२ हजार तीन सय ५५.८८ अंकमा पुगेको छ । यि बाहेक होटेल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, अन्य र व्यापार समुहको सुचक पनि क्रमशः ९५.४८, २.२१, ३८.२७, ३३.४८, ४९.३७ र नौं अंंकले बढेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा जोशी हाईड्रोपावर कम्पनी लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा प्रभु स्र्माट फण्ड परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने हिमालयन रि इन्स्योरेन्स कम्पनी पहिलो स्थानमा परेको छ ।
प्रतिक्रिया