गायक मुरलीधरको नयाँ गीत सार्वजनिक

काठमाडौं । ‘उडायो सपना सबै हुरीले’ बोलको गीतका गायक मुरलीधरको ‘छटपटिएको त्यो दिन फेरि किन याद आयो’बोलको नयाँ गजल गीत र भिडियो सार्वजनिक भएको छ । गायक मुरलीधरको नयाँ गजल गीतमा सुनिल मास्केको शब्द र सङ्गीत रहेको छ ।
एक पङ्क्ति स्थायी भएको यो गीत सङ्गीतको क्षेत्रमा वीरलै प्रयोग हुने गरेको गीतकार मास्केले जानकारी दिए । प्रदीप श्रेष्ठको ‘एरेन्ज’ रहेको गीतलाई किशोर थापाले ‘मिक्सिङ’ र ‘मास्टरिङ’ गरेका छन् । गायक मुरलीधर र प्रिया गोलेले अभिनय गरेको भिडियोमा दीपक गिरीले छायाङ्कन गरेका छन् भने युवराज वाइबाले निर्देशन गरका छन् ।
गजलप्रति टिप्पणी गर्दै गीतकार शङ्कर कोइरालाले शब्दमा नयाँ प्रयोग र एक पङ्क्तिको यस गीतले उडायो सपना सबै हुरीले भन्ने गजललाई पुनः स्मरण गराएको बताए । उनले रचना, गायन र सङ्गीतका दृष्टिले यो उत्कृष्ट छ भने । गायक मुरलीधरले उत्कृष्ट शब्द सङ्गीत तथा थोरै शब्दको गीत सुन्दर रहेको टिप्पणी गरे । यो गीत एस म्युजिकले युट्युबमा पनि राखेको छ ।
प्रतिक्रिया