महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोजले कार्यालयमा हाजिरी गरे

नेपालखोज २०८१ चैत २० गते १५:१२

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ कार्यालय पुगेर हाजिर गरेका छन् ।बिहीबार तनावकाबीच प्रमुख प्रशासकीय अधिकृत गुरागाईँले महानगर पुगेर हाजिर गरेका हुन् । कार्यालय प्रवेशका क्रममा भने महानगर प्रहरीले अवरोध सिर्जना गरेको थियो ।

गुरागाईँलाई कार्यालय प्रवेशमा रोक लगाउने प्रयास भएपछि उपप्रमुख सुनिता डंगोल, बिभिन्न वडाका वडाध्यक्षका साथै कर्मचारीहरुले कार्यकक्षमा पुराएका थिए । कार्यकक्ष पुग्दा ताला नखोले पछि ढोका फोडेर गुरागाईँलाई हाजिर गराएको थियो ।

हाजिर गरेपछि सवैलाई धन्यवाद दिदै गुरागाईँ फर्काएका थिए । महानगरका प्रवक्ता नवीन मानन्धरले पुष ८ गतदेखि प्रमुख प्रशासकीयबिहीन भएको अवस्था बिहीबार आएर अन्त्य भएको बताए

उहाले प्रमुख प्रशासकीय अधिकृत गुरागाईँले हाजिर गरेसंग आगामी दिनमा सहज रुपमा सेवा प्रदान हुने र कर्मचारीका समस्या समेत समाधान हुने उल्लेख गर्नुभयो । काठमाडौंको भ्यु टावर निर्माणका बिषयमा गुरागाईँलाई महानगरले निलम्वन गरेको थियो ।

प्रतिक्रिया