जागिर खोज्नेका लागि लर्डबुद्धको नयाँ वेबसाइट उपहार

काठमाडौं । नेपालको पहिलो आईटी कलेज लर्डबुद्ध एजुकेशन फाउण्डेसनले रोजगारीमूलक नयाँ वेबसाइट शुभारम्भ गरेको छ । वेबसाइटले विद्यार्थीलाई आफूसँग मेल खाने रोजगारी अवसर खोज्न सहज बनाउनेछ ।
कम्पनीलाई आवश्यक दक्षता उल्लेख गर्दै जागिरको अवसर प्रकाशित गर्ने सुविधा पनि यस वेबसाइटले प्रदान गर्छ । साथै, विद्यार्थीले आवश्यक सीप अभाव महसुस गरेमा वेबसाइटमै उपलब्ध सीपमूलक पाठ्यक्रम पूरा गरेर आफूलाई रोजगारीका लागि योग्य बनाउन सक्नेछन्। वेबसाइटमै अन्तरवार्ताको तयारी पनि गर्न सकिनेछ ।
लर्डबुद्ध एजुकेशन फाउण्डेसनको मैतिदेवीस्थित क्याम्पसमा आयोजित ‘ईम्पावरिङ फ्युचर्स’ कार्यक्रममा श्रम,रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह भण्डारीले सो वेबसाइट (भखयखिभतयमबथ.ष्लाय) सार्वजनिक गरेका हुन् । उनले रोजगारी र सीपको महत्वबारे चर्चा गर्दै एलबीईएफ कलेजको यो कदम शिक्षा र उद्योगबीचको दूरी घटाउने महत्वपूर्ण पहल भएको बताए । यस प्रकारको कार्यक्रमले रोजगारी खोजिरहेका व्यक्तिलाई सक्षम बनाउने, अवसर प्रदान गर्ने, तथा उज्ज्वल भविष्य निर्माण गर्न मद्दत गर्नेमा आफू विश्वस्त रहेको उनको भनाइ छ ।
लर्ड बुद्ध एजुकेसन फाउन्डेसनका अध्यक्ष ई. पंकज जालानले बजारमा काम गर्ने कालिगढको कमी भएको भन्दै कामलाई ठूलो र सानो भनेर मुल्यांकन गर्ने प्रवृत्ति अन्त्य गर्न आवश्यक रहेको बताए । उनले नयाँ वेबसाइट र यस किसिमका रोजगारमूलक गतिविधिहरूले विद्यार्थीहरूलाई सही सीप, अवसर र उद्योगसँगको सम्बन्ध निर्माण गर्न सघाउने विश्वास व्यक्त गरे ।
कार्यक्रममा आईटी क्षेत्रका साझेदार कम्पनीलाई सम्मान समेत गरिएको थियो ।

प्रतिक्रिया