साग्रिला डेभलपमेन्ट बैंक र सेन्ट लरेन्स कलेजबीच सहकार्य गर्ने सम्झौता
नेपालखोज
२०८१ चैत २१ गते २२:०८

काठमाडौं । यस सांग्रिला डेभलपमेन्ट बैंक र सेन्ट लरेन्स कलेज चाबहिल बीच आपसी सहकार्य सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।
सम्झौंता अनुसार सांग्रिला डेभलपमेन्ट बैंकले सेन्ट लरेन्स कलेजका विद्यार्थीलाई इन्टर्नसिप, स्थलगत अवलोकन भ्रमण लगायतमा प्राथमिकता दिनेछ ।
यस्तै, यस सांग्रिला डेभलपमेन्ट बैंकले आयोजना गर्ने विभिन्न कार्यक्रममा सेन्ट लरेन्स कलेजका तर्फबाट सक्रिय सहभागिता रहने छ भने कलेजले आयोजना गर्ने ‘जब फेयर’ लगायत कार्यक्रममा सांग्रिला डेभलपमेन्ट बैंकको सहभागिता रहनेछ । यो सहकार्य दुई वर्षसम्म लागू हुनेछ ।
सम्बन्धित

प्रतिक्रिया