शनिबार, वैशाख १३, २०८२

क्षेप्यास्त्र आक्रमणबाट युक्रेनी सरकारी सञ्चार कार्यालयमा क्षति

नेपालखोज २०८१ चैत २३ गते १७:४२

काठमाडाैं । रुसी ब्यालेस्टिक क्षेप्यास्त्र आक्रमणबाट विदेशी भाषामा प्रसारण हुने सरकारी च्यानलको कार्यालय रहेको भवन आंशिक रुपमा ध्वस्त भएको एक टेलिभिजन च्यानलले आइतबार जनाएको छ ।

रुसले युक्रेनमा आइतबार गरेको क्षेप्यास्त्र र ड्रोन आक्रमणमा कम्तीमा दुई जनाको मृत्यु भएको थियो भने कैयो सरकारी कार्यालयमा क्षति भएको थियो ।

रुसी भाषामा प्रसारण हुने फ्रिडम टेलिभिजन च्यानलले आफ्नो रिपोर्टमा भनेको छ, ‘अप्रिल ६ मा किएभमा रुसी ब्यालेस्टिक क्षेप्यास्त्र आक्रमणले युक्रेनको स्टेट फरेन ब्रोडकास्टिङ इन्टरप्राइजेजको सम्पादकीय कार्यालय रहेको भवनमा ठूलो क्षति पुर्याएको छ ।

‘आक्रमणबाट विदेशी प्रसारण च्यानलहरू अवस्थित व्यापारिक केन्द्रको माथिल्लो तीन तल्लाहरू पूर्ण रूपमा नष्ट भएका छन् भने तल्लो तल्लामा पनि ठूलो क्षति पुगेको छ र अहिले प्रयोग गर्न नसकिने अवस्थामा पुगेको छ,’ फ्रिडमले उल्लेख गरेको छ।

किएभका अधिकारीले यसअघि रातभर भएको क्षेप्यास्त्र आक्रमणबाट व्यापारिक केन्द्रको केही तल्लामा क्षति पुगेको बताएका थिए । आपतकालीन सेवाले आक्रमणपछि एउटा ठूलो भवनको छाना भत्केको र झ्याल फुटेको तस्बिर पोस्ट गरेका छन् ।

उक्त भवनमा फ्रिडम, डोम, युएटीभी इङ्लिस, द गेज, युएटीभी एस्पानोल, युएटीभी अरबी र युएटिभी पोर्टुगुएस सरकारी विदेशी भाषाका टेलिभिजन च्यानल र अनलाइन सञ्चारमाध्यम रहेका छन् ।

आक्रमणमा कुनै पनि कर्मचारी घाइते नभएको सरकारी प्रसारण संस्थाकी प्रमुख युलिया बिनले बताए । बिनका अनुसार गत फेब्रुअरीमा यसअघिको आक्रमणले आफ्ना कार्यालयलाई निशाना बनाएपछि च्यानलहरू हालै मात्र भवनमा सरेका थिए ।

प्रतिक्रिया