शनिबार, वैशाख १३, २०८२

बंगलादेशबाट अमेरिका निर्यात हुने सामानको माग रोकिएको उद्योगको भनाइ

नेपालखोज २०८१ चैत २४ गते १९:०४

ढाका । अमेरिकी करवृद्धिपछि आएको अन्यौलबीच विश्वको दोस्रो ठूलो गार्मेन्ट उत्पादक बङ्गलादेशबाट अमेरिका निर्यात हुने सामानको माग तत्कालका लागि रोकिएको छ । बङ्गलादेश सरकारले सोमबारदेखि तीन महिनाका लागि कर रोक्न आग्रह गरेको छ ।

बङ्गलादेशमा टेक्सटाइल र गार्मेन्ट उत्पादनले निर्यातको लगभग ८० प्रतिशत हिस्सा ओगटेको छ र गत वर्ष सरकारलाई अपदस्थ गर्ने विद्यार्थीको नेतृत्वमा भएको क्रान्तिका कारण यस क्षेत्रमा ठूलो धक्का लागेपछि उद्योगहरूको पुनर्निर्माण भइरहेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार बङ्गलादेशमा कपासजन्य उत्पादनमा १६ प्रतिशत कर वृद्धि गर्दै ३७ प्रतिशत नयाँ कर वृद्धि गर्ने निर्णय गरेका छन् ।

अन्तरिम नेता मोहम्मद युनुसले ट्रम्पलाई ‘अमेरिकी पारस्परिक कर उपायहरूको आवेदन स्थगित गर्न’ आग्रह गरेपछि तीव्र गतिमा असर परेको समाचारहरू आएको सरकारले एक विज्ञप्तिमा जनाएको छ ।

युनुसले ट्रम्पलाई पत्र लेख्दै अन्तरिम सरकारलाई बङ्गलादेशमा अमेरिकी निर्यातमा उल्लेख्य वृद्धि गर्ने आफ्नो पहललाई सहज रुपमा कार्यान्वयन गर्न तीन महिनाको समय माग गरेका छन् । ती उत्पादनहरूमा कपास, गहुँ, मकै र भटमास समावेश छन् यसले अमेरिकी किसानहरूलाई फाइदा पुर्याउँछ।

उत्पादकहरूले यसको असर तत्काल नजिक पुगेको बताएका छन् । एसेन्सर फुटवेयर एण्ड लेदर प्रोडक्ट्सका प्रबन्ध निर्देशक मोहम्मद मुश्फिकुर रहमानले आफ्नो एक खरिदकर्ताबाट ढुवानी रोक्न अनुरोध गरिएको पत्र प्राप्त भएको बताए ।

सन् २००८ देखि काम गर्दै आएका रहमानले हरेक महिना औसतमा एक लाख अमेरिकी डलर बराबरको सामान अमेरिका पठाउने गर्नुभएको छ ।

बङ्गलादेशले गत वर्ष संयुक्त राज्य अमेरिकालाई करिब ८.४ अर्ब अमेरिकी डलर बराबरको सामान निर्यात गरेको थियो, जसमध्ये ७.३४ अर्ब डलर तयारी पोसाक क्षेत्रबाट आएको थियो ।

बङ्गाली दैनिक पत्रिका प्रोथोम आलोले तयारी कपडा उत्पादक विकिटेक्स–बिडीका प्रमुख कार्यकारी अधिकृत एकेएम सैफुर रहमानको भनाइ उद्धृत गर्दै आफ्नो अमेरिकी क्रेताले एक लाख ५० हजार अमेरिकी डलर बराबरको ढुवानी रोक्न अनुरोध गरेको समाचारमा जनाएको छ । रासस/एएफपी

प्रतिक्रिया