‘फेरि राजतन्त्र फर्काउने दिवा सपनाबाट मुक्त हुनुपर्छ’

नेपालखोज २०८१ चैत २५ गते १२:१७

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा राजतन्त्र औचित्य समाप्त भएको दावी गरेका छन् ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले औचित्यहीन राजतन्त्र पुनःस्थापना नहुने बताए । पूर्वराजा ज्ञानेन्द्र शाहको सहमतिमा नै सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था लागू भएको उनले स्पष्ट पारे ।

फरक प्रसङ्गमा अध्यक्ष नेपालले संविधान संशोधन आवश्यक भएको बताए ।

प्रतिक्रिया