तीन अंकले घट्दा पाँच अर्ब ३० करोडको शेयर किनबेच

काठमाडौं । कारोबार खुलेदेखि नैं उच्चरुपमा घटेको नेप्से अन्तिम समयमा आएर केही सम्हालिएको छ ।
अघिल्लो दिन ३३ दशमलव ३३ अंकले घटेको नेप्से साताको तेस्रो कारोबार दिन आज मंगलबार तीन दशमलव ४४ अंकले घटेर २६ सय ६६ दशमलव ६१ अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव २२ अंकले घटेर ४४४.७८ अंकमा झरेको छ ।
नेप्सेमा आज ३२१ वटा कम्पनीको ५३ हजार ४९२ पटकको कारोबारमा एक करोड ६ लाख ४३ हजार ४६९ कित्ता शेयर खरिद-बिक्री भएकोमा कुल कारोबार रकम पाँच अर्ब ३० करोड ९५ लाख ६८ हजार ९९७ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समूहको शेयर कारोबार भएकोमा चार वटा समूहको सूचक बढेर बाँकी समूहहरुको सूचक घटेका छन् । जसमध्ये फाइनान्स समूहको सूचक १५.२९ अंकले बढेर २ हजार ५५२.१७ अंकमा पुगेकोमा निर्जीवन बिमा समूहको सूचक पनि १६.६३ अंकले बढेर १२ हजार २०८.१७ अंकमा पुगेको छ ।
यसैगरी उत्पादनमुलक र व्यापार समुहको सुचक पनि क्रमशः १०९.२३ र ३२. ७८ अंकले बढेका छन् । वाणिज्य बैंक समूहको सूचक भने चार दशमलव १७ अंकले घटेर १ हजार ३५९.८३ अंकमा झरेकोमा बिकास बैंक समूहको सूचक पनि ८.७९ अंकले घटेर पाँच हजार ४३०.२४ अंकमा झरेको छ ।
जलबिद्युत समुहको सुचक पनि १७.२८ अंकले घटेर तीन हजार चार सय ३९.४७ अंकमा झरेकोमा जीवन बिमा समूहको सूचक पनि २३ दशमलव ३५ अंकले घटेर १३ हजार दुई सय ८५.६९ अंकमा झरेको छ ।
प्रतिक्रिया