स्रोत नखुलेको रकमसहित पक्राउ
नेपालखोज
२०८१ चैत २५ गते १६:०९

मोरङ । विराटनगर महानगरपालिका–९ महेन्द्र चोकबाट स्रोत नखुलेको नगद ७ लाख १५ हजार रूपैयाँसहित सोही महानगरपालिका-१५ बस्ने २४ वर्षीय रोहित कुमार साहलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित

प्रतिक्रिया