शुक्रबार, वैशाख १२, २०८२

बजाजको नयाँ वर्षको अफर ‘खुसीको मिटर’ सार्वजनिक

नेपालखोज २०८१ चैत २६ गते ११:२८

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको एक मात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले नयाँ वर्ष २०८२ को उपलक्ष्यमा नयाँ र रोमाञ्चक क्याम्पेन ‘खुसीको मिटर’ सार्वजनिक गरेको छ ।

यो क्याम्पेनले गेमिङको रमाइलो र मोटरसाइकल किन्दाको खुसीलाई एकसाथ जोडेको छ जसअन्तर्गत ग्राहकले डिजिटल अनुभवमार्फत रु. १ लाखसम्म नगद पुरस्कार र आकर्षक गिफ्टहरु जित्ने अवसर पाउनेछन् ।

बजाजले सामाजिक सञ्जालमार्फत खेल्न सकिने विशेष डिजिटल गेम ल्याएको छ जसअन्तर्गत जो कोही पनि सहभागी भई घरमै बसीबसी विभिन्न आकर्षक उपहार जित्न सक्नेछन् । उक्त उपहार प्राप्त गर्न भने विजेताले कुनै पनि बजाज मोटरसाइकलको टेस्ट राइड गर्नुपर्नेछ ।

तर मुख्य आकर्षण भने अझै बाँकी नै रहेको छ । क्याम्पेनको अवधिमा बजाज मोटरसाइकल खरिद गर्ने ग्राहकका लागि अर्को चरणको गेम पनि शोरूममा नै खेल्न पाउनेछन् । यो इन-स्टोर डिजिटल अनुभवमा ग्राहकले स्क्रिनमा देखिएको ‘खुसीको मिटर’ रोकेर रु. १ लाखसम्मको नगद पुरस्कार जित्न सक्नेछन् ।

यो क्याम्पेन हाल नेपालभरका सबै आधिकारिक बजाज शोरूममा र बजाजका डिजिटल प्लेटफर्ममा उपलब्ध भइसकेको छ ।

प्रतिक्रिया