क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको साधारण शेयर सूचीकरण

काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको साधारण शेयर सूचीकरण माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको साधारण शेयर सूचीकरण भएको छ ।
बुधबार नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको साधारण शेयर सूचीकरण माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडबिच प्रति शेयर अंकित तथा चुक्ता मूल्य एक सय रुपैयाँ अंकित मूल्य कायम रहेको ७५ लाख कित्ता साधारण शेयर सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको हो ।
कम्पनीले सर्वसाधारण समक्ष एनआइएमबी एस क्यापिटल लिमिटेड (धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक) मार्फत साधारण शेयर खुल्ला बिक्री आव्हान गरेको थियो ।
यसरी सर्वसाधारण लगानीकर्ता शेयरधनीहरु (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारी समेत) मा वितरण गरिएको ३० प्रतिशत अर्थात २२ लाख ५० हजार कित्ता र कम्पनीका संस्थापक शेयरधनीले लगानी गरेको ७० प्रतिशत अर्थात ५२ लाख ५० हजार कित्ता समेत गरी कुल ७५ लाख कित्ता साधारण शेयर धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम मिति २०८१/१२/२६ गतेको निर्णयानुसार सूचीकरण गरिएको कम्पनीले जनाएको छ ।
धितोपत्र सूचीकरण सम्झौता सम्पन्न भएको दोस्रो कारोवार दिनवाट उक्त कम्पनीको धितोपत्रको दोस्रो बजार कारोबार शुरु हुनेछ । प्रस्तुत कम्पनीको प्रधान कार्यालय विरेन्द्रनगर ६, सुर्खेतमा रहेको र सूचीकरण पश्चात् दिनुपर्ने च्त्क् सेवा हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेड, नयाँ बानेश्वर, काठमाडौंबाट हुने कम्पनीले जानकारी दिएको छ ।
प्रतिक्रिया