सोमबार, वैशाख १५, २०८२

तीनवटा समितिको बैठक बस्दै

नेपालखोज २०८१ चैत २७ गते ८:२८

काठमाडौं । संघीय संसद अन्तर्गत तीनवटा समितिको बैठक आज बस्दै छ । पूर्वाधार विकास समितिको ४९औँ बैठक बिहान ११ बजे समितिको सभाकक्ष सिंहदरबारमा बस्ने छ । बैठकमा विद्युत विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै, विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान १० बजे सिंहदरबारमा बस्दै छ । बैठकमा चालु आर्थिक वर्ष २०८१–०८२ को बजेटको खर्चको स्थिति र आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेटको तयारी सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।

यस्तै, विधायन व्यवस्थापन समितिको ५७औँ बैठक पनि बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा पानी जहाज ९सञ्चालन तथा व्यवस्थापन० विधेयक, २०८१ मा दफावार छलफल गर्ने कार्यसूची छ ।

प्रतिक्रिया