विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै शिक्षक महासंघकाे निरन्तर आन्दोलन
नेपालखोज
२०८१ चैत २७ गते १६:१६

काठमाडाैं । विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै नेपाल शिक्षक महासंघले निरन्तर आन्दोलन गरिरहेका छन् ।
महासंघले बिहीबार माइतिघर-बबरमहल क्षेत्रमा सडक नै अवरुद्ध पारेर प्रदर्शन गरेका हुन् । शिक्षकको आन्दोलनका कारण बानेश्वर माइतिघर सडक क्षेत्र प्रभावित हुदै आएको छ । सरकारले विगतमा पटक-पटक गरेको सहमति र सम्झौताको कार्यान्वयन गर्दै शिक्षा ऐन जारी गरिनुपर्ने मागसहित शैक्षिक हड्ताल गर्दै शिक्षक आन्दोलनरत छन् ।
महासंघले संसदको वर्षे अधिवेसन तत्कालै शुरु गर्ने, विशेष अधिवेसन आह्वान गर्ने वा अध्याधेश जारी गर्नेमध्ये एउटा विकल्पमार्फत विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राखेको छ । आन्दोलनका क्रममा महासंघले शैक्षिक हड्ताल समेत गरेका छन् ।
जसका कारण नतिजा प्रकाशनका साथै नयाँ भर्ना अभियान समेत प्रभावित भएको छ ।
सम्बन्धित

प्रतिक्रिया