उपकुलपति प्राडा बरालको राजीनामा स्वीकृत
नेपालखोज
२०८१ चैत २७ गते २०:३५

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा केशरजङ्ग बरालको राजीनामा स्वीकृत भएको छ ।
प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले आज उपकुलपति प्रा डा बरालको राजीनामा स्वीकृत गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
केही दिन अघि उपकुलपति प्राडा बरालले प्रधानमन्त्री ओली समक्ष राजीनामा बुझाएका थिए । उनी २०८० फागुनमा त्रिभुवन विश्वविद्यालयको उपकुलपति पदमा नियुक्त हुनुभएको थियो । रासस
सम्बन्धित

प्रतिक्रिया