२ हजार ६७० तीन बिन्दुमा नेप्से, सातामा २१ अर्ब ९ करोड रुपैयाँको शेयर किनबेच

काठमाडौं । यो साता सेयर बजार परिसुचक नेप्से २ हजार ६७०.७० बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि ४४६.३ बिन्दुमा कायम भएको छ ।
यो साता ३२२ वटा कम्पनीको सेयर कारोबार भएका छन् । जसअनुसार दुई लाख १४ हजार ९३१ पटकको कारोबारमा चार करोड २१ लाख १६ हजार ८८२ कित्ता शेयर खरिद-बिक्री हुँदा कुल कारोबार रकम २१ अर्ब ९ करोड ११ लाख ४३ हजार ७५४ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा पाँच अर्ब रुपैयाँले कम हो । गत साता तीन सय २४ वटा कम्पनीहरुको सेयर कारोबार भएका थिए ।
जसअनुसार दुई लाख ५५ हजार ८७५ पटकको कारोबारमा पाँच करोड २१ लाख ८९ हजार १९२ कित्ता शेयर खरिद-बिक्री हुँदा कुल कारोबार रकम २६ अर्ब ६५ करोड ५० लाख ९६ हजार २८६ रुपैयाँ पुगेको थियो । यो साता नेप्सेको नियमित कारोबार कक्ष सातामा चार कार्य दिन मात्र खुल्ला रहेको थियो । जसमध्ये चौंथो दिन बढेको नेप्से दोस्रो, तेस्रो र पाँचौं दिन घटेको थियो । पहिलो दिन भने सार्वजनिक बिदा परेकाकारण नेप्सेको नियमित कारोबार कक्ष बन्द रहेको थियो ।
दैनिक शेयर कारोबारको बिश्लेषण गर्दा साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसुचक ३३.३३ अंकले ओरालो लागेर २ हजार ६७०.०६ बिन्दुमा झरेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव शुन्य आठ अंकले ओरालो लागेर चार सय ४६ बिन्दुमा झरेको थियो ।
तेस्रो कारोबार दिन पनि नेप्से परिसुचक तीन दशमलव ४४ अंकले ओरालो लागेर २ हजार ६६६.६१ बिन्दुुमा झरेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि १ दशमलव २२ अंकले ओरालो लागेर ४४४.७८ बिन्दुमा झरेको थियो । चाैँथो कारोबार दिन भने नेप्से परिसुचक ९.६६ अंकले उकालो लागेर २ हजार ६७६.२८ बिन्दुमा चढेकोमा क बर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि १.४४ अंकले उकालो लागेर ४४६.२२ बिन्दुमा चढेको थियो ।
पाँचौं कारोबार दिन पुन नेप्से परिसुचक ५.५७ अंकले ओरालो लागेर २ हजार ६७०.७० बिन्दुमा झरेकोमा क बर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि ०.१९ अंकले ओरालो लागेर चार सय ४६.३ बिन्दुमा झरेको थियो ।
यो साता बढी रकम कारोवार गर्ने कम्पनीको सुचीमा हिमालयन रि इन्स्योरेन्स कम्पनी, नेपाल पुर्नबीमा कम्पनी, राधी जलबिद्युत कम्पनी आदि परेका छन् भने सेयर कारोवार भएको संख्याको आधारमा हिमालयन रि इन्स्योरेन्स कम्पनी र नेपाल पुर्नबीमा कम्पनी नैं अगाडि देखिएका छन् ।
बजार पुँजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी अगाडि परेकाछन् ।
प्रतिक्रिया