जापानमा मेघगर्जन र तीव्र हावाहुरीको चेतावनी, पश्चिम र पूर्वी क्षेत्र प्रभावित
नेपालखोज
२०८१ चैत २८ गते २२:०५

टोकियो । जापानको मौसम विभागले शुक्रबार पश्चिमी र पूर्वी क्षेत्रहरूमा वायुमण्डलीय अवस्था अस्थिर रहेको जनाउँदै मेघगर्जन, चट्याङ र तीव्र हावाहुरीको सम्भावना रहेको भन्दै सतर्क रहन आग्रह गरेको छ ।
हाल शिकोकु, किन्की क्षेत्र र इजु टापुहरूमा वर्षा हुने बादलहरू विकसित भइरहेका छन् र शिकोकुका केही स्थानहरूमा चट्याङसमेत देखिएको जनाइएको छ । यो अस्थिर अवस्था शुक्रबार रातिसम्म पश्चिमी जापानमा र शनिबार बिहानैसम्म पूर्वी जापानमा जारी रहने मौसम विभागको अनुमान छ ।
कान्तो–कोशिन क्षेत्रका तटीय भागहरूमा प्रति घण्टा ३० मिलिमिटरभन्दा बढी वर्षा हुन सक्ने, साथै चट्याङ र तीव्र हुरीको पनि सम्भावना रहेको छ । मौसम विभागले चट्याङ, डढेलो समान हावाहुरी (टोरनाडो), तेज हावा र असिना (हिउँको डल्ला) का सम्भावित जोखिमहरूको चेतावनी दिएको छ ।
सम्बन्धित
प्रतिक्रिया