म्यानमारमा स्वास्थ्य सेवा प्रदान गरी नेपाली सेनाको चिकित्सकीय टोली स्वदेश फिर्ता
नेपालखोज
२०८१ चैत २९ गते ११:३९

काठमाडौं । मित्रराष्ट्र म्यानमारमा विनाशकारी भूकम्पमा परि परी घाइते भएकाको स्वास्थ्य उपचारमा खटिएको नेपाली सेनाको चिकित्सकीय टोली शुक्रबार स्वदेश फिर्ता भएको छ ।
१२ जना चिकित्सकीय टिम र ४ जना बन्दोबस्ती सहायता टिमसहित कुल १६ सदस्यीय टोली मिति २०८१ चैत्र २० गते नेपाली सेनाको हवाई साधनद्वारा त्यस तर्फ प्रस्थान गरेको थियो ।
नेपाल सरकारको निर्णय बमोजिम शल्यक्रिया विशेषज्ञ, हाड जोर्नी विशेषज्ञ, मेडिकल अधिकृत, नर्स तथा प्यारामेडिकहरु सहित खटिएको टोली म्यानमारको म्याण्डले स्थित यामथिन सहरमा स्वास्थ्य शिविर स्थापना गरी घाइतेको उपचारमा खटिएको थियो ।
उपचारको क्रममा उक्त टोलीले १३३ जनाको शल्यक्रिया, २४८ जनाको हाड जोर्नी सम्बन्धी उपचार र ९६५ जना बिरामीहरूलाई ओ.पि.डि. सेवा प्रदान गरेको थियो ।
सम्बन्धित

प्रतिक्रिया