शुक्रबार, वैशाख १२, २०८२

व्याज आम्दानीको लागि बैंक तथा फाइनान्स कम्पनीमा ९७ करोड राखिने

नेपालखोज २०८१ चैत ३० गते १३:३२

काठमाडौं । नेपाल राष्ट्र बैंकले ९७ करोड रुपैयाँ संस्थागत निक्षेप लगानी गर्नै भएको छ ।

राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीको मुद्धती निक्षेपमा उक्त परिमाणको रकम लगानी गर्न लागेको हो । बैंकको उपदान तथा पेन्सन कोषमा रहेको रहेको रकम ३६६ दिने मुद्धतीकोरुपमा लगानी गर्न प्रस्ताव आव्हान गरिएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार रकम लगानीको अवधि बिसं २०८२ बैशाख सात गतेदेखि बिसं २०८३ बैशाख सात गतेसम्म रहने छ । रकम लगानी गर्न चाहाने बैक तथा फाइनान्स कम्पनीहरुले यही बैशाख तीन गतेसम्म लगानी गर्न चाहेको रकम र दिन चाहेको व्याज समेत तोकेर प्रस्ताव पेस गर्नुपर्ने छ ।

लगानीको लागि छुट्याईएको कुल रकम मध्ये वाणिज्य बैंकहरुको लागि ७७ करोड ६० लाख, विकास बैंकको लागि १४ करोड ५५ लाख र फाइनान्स कम्पनीहरुको लागि चार करोड ८५ लाख रुपैयाँ छुट्याईएको राष्ट्र बैंकको भनाई छ ।

रकम लगानी गर्न चाहाने बैंक तथा बित्तीय संस्थाहरु सञ्चालनमा आएको दुई बर्ष पुरा गरेको हुुनुुपर्ने, निष्क्रिय कर्जा कुल कर्जा सापटको आठ प्रतिशत र खुद निष्क्रिय कर्जा अनुपात तीन प्रतिशत ननाघेको हुनुपर्ने न्युनतम शर्तहरु तोकिएका छन् ।

प्रतिक्रिया