आइतबार, वैशाख १४, २०८२

पर्यटनलाई आर्थिक समृद्धिसँग जोड्नुपर्ने

नेपालखोज २०८१ चैत ३० गते १७:५५

दमौली (तनहुँ) । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पर्यटनलाई आर्थिक समृद्धिसँग जोड्नुपर्नेमा जोड दिएका छन् । बन्दीपुरमा आजदेखि सुरु भएको १२ औँ सांस्कृतिक तथा महोत्सवको उद्घाटन गदै उनले बन्दीपुर पर्यटकीय सम्भावना बोकेको पालिका भएकाले पर्यटनलाई समृद्धिसँग जोड्नुपर्ने बताए ।

गण्डकी प्रदेशको राजधानी पोखरापछिको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा बन्दीपुर विकास भइरहेको चर्चा गदै उनले बन्दीपुरको पर्यटन विकासका लागि प्रदेश सरकारले सहयोग गर्ने बताए । मुख्यमन्त्री पाण्डेले भने, पर्यटनलाई स्थानीयको आयआर्जनसँग जोड्नुपर्छ । त्यसका लागि पालिकासँग मिलेर के गर्न सकिन्छ हामी सहयोग गर्छौ ।

बन्दीपुर भ्रमण वर्ष सफल बनाउन र नयाँ वर्षमा बन्दीपुरमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई मनोरञ्जन प्रदान गर्न सांस्कृतिक महोत्सव आयोजना गरिएको बन्दीपुर भ्रमण वर्ष २०२५ का संयोजक वैशबहादुर गुरुङले बताए ।

प्रतिक्रिया