मंगलबार, वैशाख १६, २०८२

वालिङ–हुवास सडक धमाधम कालोपत्र हुँदै

नेपालखोज २०८१ चैत ३० गते २१:४४

पर्वत । वालिङ–हुवास सडक धमाधम कालोपत्र गर्न थालिएको छ । यो सडकखण्डअन्तर्गत पर्वत र स्याङ्जाको सिमाना पियाखेतदेखि स्याङ्जाको हुल्काङ हुँदै–डुम्रेभञ्ज्याङसम्म कालोपत्र गर्न थालिएको हो ।

सङ्घीय सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत बहुवर्षीय आयोजनाअन्तर्गत चार करोडबाट काम थालिएको सडक डिभिजन कार्यालयले जनाएको छ । निर्धारित समयमा विना व्यवधान कालोपत्र सम्पन्न गर्न बिहीबार बिहान ८ः०० बजेदेखि अपराह्न ५ः०० बजेसम्म सवारीसाधन सञ्चालन रोकेर कालेपत्र गरिएको पैंयू गाउँपालिका–५ का अध्यक्ष नारायण भुर्तेलले जानकारी दिए ।

चालु आवभित्रै काम सम्पन्न गर्ने लक्ष्य रहेको डिभिजन सडक कार्यालयले जनाएको छ । यो सडक १६ किलोमिटर लामो छ ।

प्रतिक्रिया