शुक्रबार, वैशाख १२, २०८२

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट पाँच जना पक्राउ

नेपालखोज २०८२ वैशाख १ गते १७:१७

काठमाडौं । सिन्धुलीको सुनकोशी गाउँपालिका–१ आँपघारीबाट अवैध लागूऔषध गाँजा करिब ८ सय ४६ ग्राम, नगद ५२ हजार ५ सय रूपैयाँ र मोबाइल २ थान सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनकोशी गाउँपालिका–२ ओख्रेनी बस्ने १९ वर्षीय उमेश बुर्जा र २६ वर्षीय मोहन बहादुर बुर्जा रहेका छन् । प्रहरी चौकी दुम्जाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।

झापाको गौरादह नगरपालिका–५ सृजना टोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४ सय ७० ट्याब्लेट र स्पास्पेन ५० ट्याब्लेट सहित कमल गाउँपालिका–७ बस्ने २८ वर्षीय बिशाल लिम्बुलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी महारानीझोडाबाट खटिएको प्रहरीले मे.११ प १५८ नम्बरको स्कुटरमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

नवलपरासी पूर्वको गैँडाकोट नगरपालिका–३ अरेलीघारीबाट अवैध लागूऔषध गाँजा करिब ५ किलोग्राम सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा तनहुँ रिसिङ गाउँपालिका–२ काउँशिवपुर घर भई हाल चितवन भरतपुर महानगरपालिका–२० चनौली बस्ने ३४ वर्षीय बिशाल थापा मगर र १९ वर्षीय रिजन थापा मगर रहेका छन् ।

अस्थायी प्रहरी पोष्ट ढेडेनीबाट खटिएको प्रहरीले बुलिङटारबाट चितवनतर्फ आउँदै गरेको ग.२१ प ६१८० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया