शुक्रबार, वैशाख १२, २०८२

सर्वोच्चद्धारा ६५ वर्ष उमेर नाघेकालाई गभर्नर नबनाउन अल्पकालिन अन्तरिम आदेश

नेपालखोज २०८२ वैशाख २ गते १९:५७

काठमाडौं । सर्वोच्च अदालतले ६५ वर्ष उमेर नाघेकालाई नेपाल राष्ट्र बैंकको गभर्नर नबनाउन अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ ।

उमेरहद सम्बन्धी मापदण्ड नै संशोधन गरेर स्वार्थ समूहले अगाडि सारेका ब्यक्तिलाई गभर्नर नियुक्त गर्ने तयारी भएको अवस्थामा सर्वोच्च अदालतले तत्काललाई त्यस्तो निर्णय नगर्न मंगलबार अल्पकालिन अन्तरिम आदेश जारी गरेको हो ।

सर्वोच्च अदालतका न्यायाधिस नित्यानन्द पाण्डेयको एकल इजलासले सोमबारका लागि अर्को पेशी तोक्दै यस्तो आदेश जारी गरेको हो । अदालतले दुबै पक्षलाई छलफलको लागि समेत बोलाएको छ ।

प्रतिक्रिया