सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
नेपालखोज
२०८२ वैशाख ५ गते ११:१४

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलामा ८०० रुपैयाँ घटेर १ लाख ८९ हजार ८०० रुपैयाँ कायम भएको छ । बिहीबार भने तोलामा १ लाख ९० हजार ६०० रुपैयाँ कायम भएको थियो ।
यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ । बिहीबार तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार पनि सोही कायम भएको हो ।
सम्बन्धित
प्रतिक्रिया