आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं । सुनसरीको कोशी गाउँपालिका–६ यादव टोल बस्ने रमानन्द यादव समेत ५ जनाको ७ वटा घर र ३ वटा ग्वालीमा बिहीबार दिउँसो आगलागी हुँदा करिब ३४ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
संखुवासभाको चैनपुर नगरपालिका-३ कोक्सा बस्ने मैत बहादुर तामाङको घरमा बिहीबार दिउँसो आगलागी हुँदा नगद, अन्नपात, लताकपडा, भाँडावर्तन, काठपात लगायतका सामान जलेर करिब ४ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
उदयपुरको कटारी नगरपालिका-६ जलजले साकुले बस्ने जिवन राईको घरमा बिहीबार बेलुकी आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब ११ लाख २५ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
सिराहाको भगवानपुर गाउँपालिका-२ गम्हरिया बस्ने राजेश कुमार यादवको गोठमा गए राति आगलागी हुँदा करिब ५ लाख ५५ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया