शुक्रबार, वैशाख १२, २०८२

भिभो वाई-२९ स्टाईल र पावरको अद्भुत संयोजन

नेपालखोज २०८२ वैशाख ६ गते १०:५८

काठमाडौं । विश्वव्यापी अग्रणी स्मार्टफोन ब्रान्ड भिभोले नेपालमा आफ्नो लोकप्रिय वाई-सिरिज अन्तर्गतको नयाँ स्मार्टफोन भिभो वाई-२९ सार्वजनिक गर्ने तयारी गरिरहेको छ । अप्रिल महिनामा औपचारिक रूपमा सार्वजनिक हुने यो स्मार्टफोन, विगतमा अत्यन्तै सफल रहेको भिभो वाई-२८ को उत्तराधिकारीको रूपमा आएको हो।

भिभो वाई(२९ केवल स्मार्टफोन मात्र नभई एक दमदार स्टाइल स्टेटमेन्ट हो । प्रारम्भिक जानकारी अनुसार, आकर्षक मेटालिक हाइ-ग्लोस फ्रेम मा तयार गरिएको यो डिभाइस नोबल ब्राउन र एलेगेन्ट ह्वाइट रंग विकल्पमा उपलब्ध हुनेछ, जसले फेसनप्रेमी प्रयोगकर्तालाई विशेष ध्यानमा राखेको देखिन्छ ।

यस फोनको सबैभन्दा प्रमुख विशेषता भनेको यसको ६५०० एमएएच पावरफुल ब्याट्रीे हो, जसमा ४४ वाट फ्ल्यास चार्ज सुविधा छ । एन्टी ड्रप आर्मर डिजाईन र स्कट अ ग्लासको प्रयोगले यसलाई अल्ट्रा-रिलायबल डिभाइस बनाएको छ । प्रोसेसिङ क्षमता हेर्दा, यसमा क्वालकम स्न्यापड्रैगन ६८५ चिपसेट प्रयोग गरिएको छ, जुन ८ं८ जि बी को विस्तारित र्यामको साथ आउँछ, जसले यसलाई स्मूथ मल्टीटास्किङ र ल्याग फ्री पर्फमेन्सको लागी सक्षम बनाउँछ ।

मनोरञ्जनप्रेमी प्रयोगकर्ताका लागि, यो डिभाइस एक सम्पूर्ण प्याकेज हो । यसमा ५० एमपी मुख्य क्यामेरा, १२० हर्ट्ज रिफ्रेश रेट भएको टीयूभी राइनल्याण्ड लो ब्लू लाइट डिस्प्ले र ४०० ५ अडियो बुस्ट सहितको डुअल स्टीरियो स्पिकरजस्ता फिचर छन् ।जसले ग्यामिङ, स्ट्रिमिङ वा भिडियो कलिङलाई अझ रोमाञ्चक बनाउँछन् ।

नयाँ पुस्ताका प्रयोगकर्ताको सबै आवश्यकतालाई ध्यानमा राख्दै, भिभो वाई-२९ छिट्टै नेपाली बजारमा आगमन गर्न लागेको छ ।

प्रतिक्रिया