चीनको अन्तरिक्ष मिसनमा अर्को सफलता : शेइयान-२७ उपग्रह प्रक्षेपण

काठमाडौं । चीनले आज बिहान उत्तर चीनको शानसी प्रान्तको ताइयुआन उपग्रह प्रक्षेपण केन्द्रबाट छवटा नयाँ परीक्षण उपग्रह सफलतापूर्वक अन्तरिक्षमा पठाएको छ ।
‘शेइयान-२७’ नाम दिइएका ती उपग्रह बिहान ठीक ६ बजेर ५१ मिनेटमा प्रक्षेपण गरिएका हुन् । ती उपग्रहहरू आफ्ना निर्धारित कक्षमा पुग्न सफल भएका छन् ।
शेइयान-२७ सिरिजका उपग्रहहरू मुख्य रूपमा अन्तरिक्ष वातावरणको अध्ययन तथा प्रविधि परीक्षणका लागि प्रयोग गरिनेछन् । यी उपग्रहहरूद्वारा पृथ्वीको आसपासको अन्तरिक्ष क्षेत्रमा हुने भौतिक तथा वातावरणीय परिवर्तनको निगरानी, डाटा सङ्कलन र विश्लेषण गरिनेछ, जसले भविष्यमा गरिने अन्तरिक्ष मिसनहरूको तयारी र नयाँ प्रविधिको परीक्षणमा महत्वपूर्ण सहयोग पुर्याउनेछ । साथै, यस्ता परीक्षण उपग्रहले चीनको स्वदेशी प्रविधि विकास र अन्तरिक्ष अनुसन्धान क्षमतामा थप प्रगति ल्याउने अपेक्षा गरिएको छ ।
चिनियाँ अधिकारीका अनुसार, यी उपग्रहहरू मुख्यतया अन्तरिक्ष वातावरणको अध्ययन तथा सम्बन्धित प्रविधिहरूको परीक्षणका लागि प्रयोग गरिनेछन् । यसको उद्देश्य भावी अन्तरिक्ष योजनाहरूका लागि आवश्यक ज्ञान र प्रविधि विकास गर्नु हो ।
प्रक्षेपणमा प्रयोग भएको लङ्ग मार्च-६ नामक रकेट चीनको प्रख्यात रकेट श्रृंखला ‘लङ्ग मार्च’ अन्तर्गत पर्छ । आजको प्रक्षेपण यो श्रृंखलाको पाँच सय सत्तरीऔँ उडान रहेको छ ।
यस सफलताले चीनको अन्तरिक्ष विज्ञान तथा प्रविधि क्षेत्रमा प्रगति र क्षमताको पुष्टि गर्दछ ।
प्रतिक्रिया