शनिबार, वैशाख १३, २०८२

व्यक्तिगत लगानीमा निर्मित धाम वनलाई हस्तान्तरण

नेपालखोज २०८२ वैशाख ७ गते ५:४४

चितवन । भरतपुर महानगरपालिका–२ आँपटारीमा शिद्वेश्वर धाम निर्माण गरिएको छ । स्थानीय समाजसेवी केशवराज कँडेलले व्यक्तिगत लगानीमा धाम निर्माण गरेका हुन् । विसं २०७३ मा जलदेवी सामुदायिक वन क्षेत्रको पाँच कट्ठा क्षेत्रफलमा उनले भगवान्को प्रतिमासहित धाम निर्माण गरेका हुन् ।

भरतपुर महानगरपालिका–२ का कँडेलले धाम निर्माण गरी सामुदायिक वनलाई स्वामित्व हस्तान्तरण गरेका छन् । हरिहर सन्यास आश्रमका पीठाधीश १००८ स्वामी ज्ञानानन्द सरस्वती जी महाराजले धाममा रहेका मूर्तिहरूको प्राणप्रतिष्ठा गरी वनलाई हस्तान्तरण गरेका हुन् ।

देवघाट जाने मुख्य द्धार अगाडि धाम निर्माण गर्दा भक्तजनको आकर्षण बढ्ने अनुमान गरिएको छ । यहाँ २२ फिट अग्लो शिवलिङ्गसहित स–साना नन्दी (वहान), सूर्य, गणेश, नारायण, हनुमान, काली, सन्तोषीमाता, विष्णु र सरस्वतीको मूर्ति (प्रतिमा) राखेर धाम निर्माण गरिएको छ ।

जलदेवी सामुदायीक वनको अनुरोधमा धाम निर्माण गरेको उल्लेख गर्दै उहाँले यस धामले यस क्षेत्रमा पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया