हत्याको कथित षड्यन्त्रमा इक्वेडर ‘अधिकतम सतर्कता’ मा

क्विटो । हालै पुनः निर्वाचित राष्ट्रपति डेनियल नोबोआ विरुद्धको कथित हत्याको षड्यन्त्रलाई लिएर इक्वेडर अधिकतम सतर्क रहेको सरकारले शनिबार जनाएको छ । नोबोआले अप्रिल १३ को दोस्रो चरणको मतदानमा जित हासिल गरेका थिए तर उनका मुख्य प्रतिद्वन्द्वी लुइसा गोन्जालेजले उनीमाथि ‘विकृत निर्वाचन धाँधली’ गरेको आरोप लगाएका छन् ।
मेक्सिको र अन्य देशहरूबाट इक्वेडरमा प्रवेश गर्ने हत्याराहरूले नोबोआविरुद्ध ‘आतङ्कवादी आक्रमण’ गर्ने योजना बनाएको सैन्य गुप्तचर प्रतिवेदन यस हप्ता सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । हामी गणतन्त्रका राष्ट्रपति, राज्य अधिकारीहरू वा सार्वजनिक अधिकारीहरूको जीवन विरुद्धको कुनै पनि अभिप्रायको कडा निन्दा र विरोध गर्दछौँ, इक्वेडरको सरकारी मन्त्रालयले शनिबार बिहान एक विज्ञप्तिमा भन्यो, राज्य अधिकतम सतर्कतामा छ ।
सरकारले कुनै विशेष नाम प्रस्ताव नगरेको भए पनि ‘चुनावमा पराजित राजनीतिक क्षेत्रसँगको संलग्नतामा आपराधिक संरचनाहरू’ लाई षड्यन्त्र रचेको आरोप लगाएको छ । इक्वेडरको निर्वाचन परिषद् र अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले दोस्रो चरणको मतदानमा धोखाधडीको दावीलाई अस्वीकार गरेका छन्, तर मेक्सिको र कोलम्बियाले नोबोआको जितलाई आधिकारिक रूपमा मान्यता दिएका छैनन् ।
प्रतिवेदनको सार्वजनिकीकरणले इक्वेडर र मेक्सिकोबीचको दरारलाई फराकिलो बनाएको छ । सुरक्षा बलले क्विटोमा रहेको दूतावासमा आक्रमण गरी शरण दिइएका पूर्व उपराष्ट्रपतिलाई पक्राउ गरेपछि मेक्सिकोले एक वर्षअघि यस दक्षिण अमेरिकी राष्ट्रसँग सम्बन्ध तोडेको थियो । मेक्सिकोकी राष्ट्रपति क्लाउडिया सेनबामले वामपन्थी गोन्जालेजका लागि समर्थन व्यक्त गर्नुभएको छ । गोन्जालेजले पुनः मतगणनाको माग गर्ने बताएका छन् ।
]नोबोआ विरुद्धको कथित षड्यन्त्रको रिपोर्ट बाहिर आएपछि मेक्सिकोको विदेश मन्त्रालयले इक्वेडरमा मेक्सिको ‘कथित आपराधिक कार्य वा आन्तरिक अवस्थाको स्रोत’ भएको कुनै पनि सुझावलाई अस्वीकार गर्दै विज्ञप्ति जारी गरेको छ । हाम्रो देश गैर–हस्तक्षेपको सिद्धान्तद्वारा निर्देशित छ र सधैँ रहनेछ, विज्ञप्तिमा भनिएको छ । मे २४ मा शपथ लिने अपेक्षा गरिएका नोबोआले आफ्नो हिंसाग्रस्त राष्ट्रलाई एकजुट गर्ने विशाल कार्य सामना गर्नुपरेको छ । कार्टेलहरू लागूपदार्थ तस्करी मार्गहरूमा नियन्त्रणका लागि प्रतिस्पर्धा गरिरहेकाले यहाँ वर्षको सुरुमा औसतमा हरेक घण्टा एक हत्या हुन्थ्यो ।
प्रतिक्रिया