शनिबार, वैशाख १३, २०८२

सिंहरदबारभित्रै प्रदर्शन गरेपछि पक्राउ परे राप्रपाका शीर्ष नेताहरू

नेपालखोज २०८२ वैशाख ७ गते १४:३१

काठमाडौं । सिंहदरबारभित्रै विरोध प्रदर्शन गरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का शीर्ष नेताहरू पक्राउ गरेका छन् ।

पम्प्लेट प्रदर्शन र गणतन्त्रविरुद्ध नाराबाजी गरेपछि प्रहरीले अध्यक्ष लिङ्देन, संसदीय दलका नेता ज्ञानेन्द्र शाही लगायतलाई पक्राउ गरेको हो ।

राप्रपाले आइतबार निषेधित क्षेत्रमा प्रदर्शनको कार्यक्रम राखेको छ । अन्य नेतारकार्यकर्ता बिजुलीबजार क्षेत्रमा भेला भएर प्रदर्शन गरिरहेका बेला अध्यक्ष लिङ्देन लगायतले सिंहदरबारभित्रै प्रदर्शन गरेका हुन् ।

प्रतिक्रिया