शनिबार, वैशाख १३, २०८२

१६ अंकले घट्यो नेप्से, आठ अर्ब ४३ करोडको शेयर किनबेच

नेपालखोज २०८२ वैशाख ७ गते १५:३२

काठमाडौं । नेप्से दोहोरो अंकले घटेको छ । साताको पहिलो कारोबार दिन आज आईतबार नेप्से १६ दशमलव ६८ अंकले घटेर २७ सय छ दशमलव शुन्य चार अंकमा झरेको छ ।

यसैगरी क वर्गका कम्पनीको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि १.६४ अंकले घटेर चार सय ५६ दशमलव ५८ अंकमा झरेको छ । नेप्सेमा आज तीन सय २८ वटा कम्पनीको ७४ हजार ४५ पटकको कारोबारमा दुई करोड १३ लाख २३ हजार ९६७ कित्ता शेयर खरिद-बिक्री भएकोमा कुल कारोबार रकम आठ अर्ब ४३ करोड ३५ लाख ८९ हजार सात सय ८५ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समूहहरुको शेयर कारोबार भएकोमा उत्पादनमुलक र व्यापार समुहको सुचक क्रमशः ३७ दशमलव ५५ र ४६ दशमलव ८१ अंकले बढेका छन् भने बाँकी समूहहरुको सूचक उच्च अंकले घटेकाछन् । जसमध्ये वाणिज्य बैंक समुहको सुचक नौं दशमलव ७७ अंकले घटेर १३ सय ७२.९८ अंकमा झरेकोमा बिकास बैंक समूहको सूचक ४५ दशमलव ३६ अंकले घटेर पाँच हजार ६३१.९५ अंकमा झरेको छ ।

फाइनान्स समुहको सूचक ३२.८२ अंकले घटेर २५ सय ३४.४८ अंकमा झरेकोमा जलबिद्युत समुहको सूचक ४३.७६ अंकले घटेर तीन हजार पाँच सय ५३.९० अंकमा झरेको छ । जीवन बीमा समूहको सूचक पनि एक सय १७.४९ अंकले घटेर १३ हजार दुई सय ९९.२७ अंकमा झरेकोमा निर्जीवन बीमा समूहको सूचक पनि २८.४२ अंकले घटेर १२ हजार पाँच सय ६६.९२ अंकमा झरेको छ ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा नेपाल माईक्रो इन्स्योरेन्स लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा हिमालयन पावर पार्टनर लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने राधी जलबिद्युत कम्पनी लिमिटेड पहिलो स्थानमा परेको छ ।

प्रतिक्रिया