मधेस प्रिमियर लिग : जनकपुर सनराइज र बलान बिहुल विजयी

राजविराज । मधेस प्रिमियर लिगअन्तर्गत आज छैटौँ दिन सम्पन्न भएको खेलमा जनकपुर सनराइज र बलान बिहुल विजयी भएको छ ।
सप्तरीको राजविराजस्थित खेल मैदानमा भएको पहिलो खेलमा कोशी दुहबी क्यापिटल र जनकपुर सनराइजबीच भएको खेलमा जनकपुरले दुहबीलाई एक सय ९८ रनले पराजित गरेको हो । यस्तै, दोस्रो खेलमा बलान बिहुलले काठमाडाैं रोयल्सलाई ६ विकेटले पराजित गर्दै विजयी भएको छ ।
पहिलो खेलमा टस जितेर दुहबीले जनकपुरलाई ब्याटिङ गर्न निम्तो दिएकामा जनकपुरले २० ओभरमा ५ विकेट गुमाएर दई सय ३५ रनको योेगफल बनायो ।
यस टोलीका विशाल सुश्लिंगले विष्फोटक ब्याटिङ गर्दै ८० रन जोडे । यसैगरी अर्का ब्याटर मयन यादवले ६६, विशाल पटेलले ४७ र आदिल खानले २५ रन बनाए ।
बलिङतर्फ साजनकुमार दासले ३ विकेट, नवीन यादव र आयुष रौनियार १र१ विकेट लिए । जवाफमा दुई सय ३६ रनको लक्ष्य लिएका दुहबीले ७ ओभर ४ बलमा ३७ रन मात्र बनाउन सक्यो । दुहबीका नवीन यादव र मोहम्मद सोहिल १५र१५ रनबाहेक ७ जना ब्याटरले खाता खोल्न सकेनन् ।
दुहबीलाई सस्तोमा आउट गर्न विपीन खत्रीले किफायती बलिङ गर्दै ४ विकेट, प्रदीप पासवान तीन, विशाल पटेलले २ तथा तुलबहादुर मगरले १ विकेट लिए । प्लेयर अफ दि म्याच विशाल सुश्लिंग घोषित भएको छ ।
यसैगरी आजै काठमाडाैं रोयल्स र बलान बिहुल सुपर किंगबीच भएको खेलमा टस जितेर काठमाडाँैले ब्याटिङ गर्दै १५ ओभर ४ बलमा सबै विकेट गुमाएर ६५ रन बनायो । जसमा मिलन बोहराले ११ र रूपेश सिंहले १० रनबाहेक अरु कुनै खेलाडीहरूले दोहोेरो अङ्क पार गर्न सकेनन् ।
बलिङतर्फ भुवन कार्की र अरनिकोप्रसाद यादवले उत्कृष्ट बलिङ गर्दै सामान्य ४÷४ विकेट हात पारेभने राशिद खान र विवेक यादवले १÷१ विकेट लिए ।
जवाफमा बलान बिहुल ७ ओभर ३ बलमा ४ विकेट गुमाएर विजयी भयो । जसमा ईमरान शेखले अविजित ३२ रन, लोकेश बमले १२ र विकास दासले ७ रन बनाए । बलिङतर्फ काठमाडाँैका नरेन साउदले ३ विकेट लिए । खेलको प्लेयर अफ दि म्याच भुवन कार्की घोषित भए । रासस
प्रतिक्रिया