अफगानिस्तानमा सवारी दुर्घटनामा दुई जनाको मृत्यु, ११ जना घाइते
नेपालखोज
२०८२ वैशाख ७ गते २०:२८

काबुल । अफगानिस्तानको बघलान प्रान्तमा रहेको सालाङ पासको दक्षिणी भागमा शनिबार भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ र ११ जना घाइते भएका छन् ।
स्थानीय अधिकारी फजल रबीका अनुसार ट्रकले नियन्त्रण गुमाउँदा चारवटा सवारीसाधनमा ठक्कर दिँदा यो दुःखद घटना भएको हो। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ ।
यसअघि बिहीबार पूर्वी वरदक प्रान्तमा भएको अर्को दुर्घटनामा पनि चार जनाले ज्यान गुमाएका थिए । अफगानिस्तानमा ट्राफिक नियमको पालना नगर्नु, सडकहरू खराब हुनु र संकेतहरू नहुनु जस्ता कारणले यस्ता दुःखद दुर्घटना हुने गरेका छन् । रासस/सिन्ह्वा
सम्बन्धित
प्रतिक्रिया