रवि लामिछानेकाे बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ आज
नेपालखोज
२०८२ वैशाख ८ गते ७:०६

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुने भएको छ ।
सभापति लामिछानेका तर्फबाट श्रीमती निकिता पौडेलले सर्वोच्चमा दायर गरेको गरेको बन्दी प्रत्यक्षकरणको रिटमा सुनुवाइ हुन लागेको हो ।
बुटवलको सुप्रिम सहकारी ठगी तथा संगठित अपराधमा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई एक करोड रुपैयाँ धरौटीमा रिहा गर्ने रुपन्देही जिल्ला अदालतको आदेश बदर गरेको थियो । सोही आदेशबमोजिम लामिछाने यही चैत २२ गते पक्राउ परी पुर्पक्षका निम्ति थुनामा छन् ।
सम्बन्धित
प्रतिक्रिया