शुक्रबार, वैशाख १२, २०८२

नदी सभ्यता संरक्षण गर्न गण्डकी बचाउ अभियान

नेपालखोज २०८२ वैशाख १२ गते ५:३६

काठमाडौं । नदी सभ्यता संरक्षणका लागि गण्डकी बचाउ जागरण अभियान सञ्चालन गरिने भएको छ ।

विश्व हिन्दू महासङ्घले आज राजधानीमा आयोजना गरेको कार्यक्रममा महेश सन्यास आश्रम देवघाटका पीठाधीश स्वामी रमणानन्द गिरीले यही वैशाख २९ गतेदेखि गण्डकी बचाउ जागरणमूलक अभियान सञ्चालन गर्न लागिएको जानकारी दिए । गण्डकी नदीका विभिन्न स्थानमा फोहर मिसाउन थालिएको उल्लेख गर्दै उनले यसलाई रोक्न अभियान चलाउन लागिएको बताए ।

महासङ्घका अध्यक्ष एवं पूर्वमन्त्री डा रामचन्द्र अधिकारीले संहिताशास्त्री अर्जुनप्रसाद बास्तोलालाई संरक्षक पदमा मनोनयन गरिएको जानकारी दिए । सनातनदेखि चल्दै आएको वैदिक संस्कृतिको संरक्षण र प्रवद्र्धनमा महासङ्घले काम गर्दै आएको उनले बताए ।

कार्यक्रममा यही वैशाख २३ गतेदेखि पशुपति क्षेत्रस्थित हंसमण्डपमा २४ लाख गायत्री पुरश्चरण गर्न लागिएको जानकारी गराइएको थियो ।

प्रतिक्रिया