गुजरातबाट ५०० भन्दा बढी बङ्गलादेशी आप्रवासी पक्राउ

काठमाडौं । नक्कली कागजातका साथ भारतमा बसोबास गरेको आरोपमा बङ्गलादेशका ५५० भन्दा बढी आप्रवासीलाई अहमदाबाद र सुरतमा हिरासतमा लिइएको गुजरात प्रहरीले शनिबार जनाएको छ ।
प्रहरी अधिकारी अनुसार प्रमाणिकरण तथा सोधपुछ भएपछि निर्वासन कार्यवाही हुनेछ ।
विशेष परिचालन समूह (एसओजी) अपराध शाखा, मानव बेचबिखन विरोधी एकाइ (एएचटीयू) अपराध शाखा रोकथाम (पिसिबी) र स्थानीय प्रहरी सहितका कानून सम्मत एकाइहरुले संयुक्त कारबाहीको नेतृत्व गरेका थिए । अधिकारीले हिरासतमा लगिएका सबै व्यक्ति आवश्यक कागजात बिना भारतमा रहेको तथा निवास स्थापना गर्नका लागि नक्कली कागजात प्रयोग गर्ने गरेको पुष्टि गरेका छन् ।
सुरतमा एसओजी, डिसिबी, एएचटियू, पिसिबी र स्थानीय प्रहरीको संयुक्त अपरेसनको परिणामस्वरूप १०० भन्दा बढी बङ्गलादेशी नागरिक पक्राउ परेका थिए ।
अपराध शाखा, एसओजी, आर्थिक अपराध शाखा (इओडब्लु) जोन-६ र मुख्यालयका टोलीले आप्रवासी भएको शङ्कामा शनिबार अहमदाबादम गरिएको अपरेशनमा ४५० भन्दा बढी व्यक्तिलाई हिरासतमा लगिएको जनाइएको छ । अपराध शाखाका डिसिपि अजित राजियानले घटनाको पुष्टि गरे ।
प्रहरी आयुक्त, अपराध शाखा अहमदाबादका शरद सिँहले गृहमन्त्री, र प्रहरी महानिर्देशकको आदेशको पालना गर्दै कारबाही गरेको बताए ।
प्रतिक्रिया