प्रधानन्यायाधीश राउत १० दिने भ्रमणका लागि बेलायत प्रस्थान
नेपालखोज
२०८२ वैशाख १४ गते १२:११

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत आज बेलायत भ्रमण प्रस्थान गरेका छन् । राउत १० दिने भ्रमणका लागि आज बेलायत प्रस्थान गरेका हुन् ।
उनी नेतृत्वको टोलीमा सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाल, उच्च अदालतका न्यायाधीशद्वय रितेन्द्र थापा र हेमन्त रावल छन् । यस्तै सर्वोच्चका रजिस्ट्रार विमल पौडेल पनि भ्रमण टोलीमा रहेका छन् ।
राउत नेतृत्वको टोली वैशाख २३ गते स्वदेश फर्किने कार्यक्रम छ ।
सम्बन्धित
प्रतिक्रिया