तीन अंकले बढ्दा १० अर्ब ८७ करोडको शेयर किनबेच

काठमाडौं । नेप्से बढेको छ । साताको पहिलो कारोबार दिन आज आईतबार नेप्से तीन दशमलव ५८ अंकले बढेर २६ सय ६१ दशमलव ६० पुगेको छ ।
यसैगरी क बर्गका कम्पनीको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ८१ अंकले बढेर चार सय ४९ दशमलव आठ अंकमा चढेको छ । नेप्सेमा आज तीन सय १४ वटा कम्पनीको ८९ हजार एक सय ६१ पटकको कारोबारमा दुई करोड ८४ लाख ३८ हजार चार सय २८ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम १० अर्ब ८७ करोड ५९ लाख ९१ हजार एक सय ४४ रुपैंयाँको शेयर कारोबार भएको छ ।
नेप्सेमा आज १३ वटा समूहको शेयर कारोबार भएकोमा छ वटा समूहहरुको सूचक घटेर सात वटा समुहहरुको सुचक बढेका छन् । जसमध्ये वाणिज्य बैंक समूहको सूचक तीन दशमलव ५१ अंकले घटेर १३ सय ३१ दशमलव ४५ अंकमा झरेकोमा बिकास बैंक समुहको सुचक पनि २४ दशमलव ८४ अंकले घटेर पाँच हजार तीन सय ८२ दशमलव ४३ अंकमा झरेको छ ।
फाइनान्स समूहको सूचक पनि २० दशमलव ९५ अंकले घटेर २४ सय २८ दशमलव ८९ अंकमा झरेकोमा निर्जीवन बीमा समूहको सूचक पनि दुई दशमलव १५ अंकले घटेर १२ हजार तीन सय ३७ दशमलव ३५ अंकमा झरेको छ । यि बाहेक लघुवित्त र अन्य समूहको सूचक पनि क्रमशः ३३ दशमलव ९५ र १७ दशमलव ४० अंकले घटेका छन् ।
जलबिद्युत समूहको सूचक भने ३७ दशमलव ३४ अंकले बढेर तीन हजार पाँच सय १९ दशमलव ११ अंकमा चढेकोमा जीवन बीमा समूहको सूचक पनि ४७ दशमलव ७२ अंकले बढेर १३ हजार एक सय ८८ दशमलव ३७ अंकमा चढेको छ । यि बाहेक होटेल तथा पर्यटन, लगानी, उत्पादनमुलक, सामुहिक लगानी कोष र व्यापार समुहको सूचक पनि क्रमशः ४५ दशमलव ७०, दुई दशमलव १७, शुन्य दशमलव शुन्य पाँच र ४३ दशमलव १७ अंकले बढेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा नेपाल माईक्रो लाईफ इन्स्योरेन्स कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचमिा पहिलो स्थानमा वीन लघुवित्त वित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने ङादी ग्रुप पावर लिमिटेड पहिलो स्थानमा परेको छ ।
प्रतिक्रिया