विपक्षी सांसदको आरोप-शिक्षकमाथि दमन गरेर सरकारले बहुमतको अत्याचार देखायो

काठमाडौं । सांसदहरूले शिक्षकमाथि सरकारले बहुमतको अत्याचार गरेको आरोप लगाएका छन् ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा विपक्षी दलका सांसदहरूले शिक्षक महासंघको आन्दोलनमा भएको प्रहरी हस्तक्षेपप्रति विपक्षी दलका विरोध जनाएका हुन् । सांसदहरूले शिक्षकका जायज माग पूरा गरेर कक्षा कोठामा फर्किने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।
नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले शान्तिपूर्ण शिक्षक आन्दोलनमा सरकारले दमन गरेको आरोप लगाए ।उनले विगतमा गरिएका सहमति कार्यान्वयन नगरेर शिक्षकमाथि धोका भएको भन्दै माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराए ।
पूर्वशिक्षामन्त्री एवं रास्वपा सांसद सुमना श्रेष्ठले शिक्षकमाथि दमन गरेर सरकारले बहुमतको अत्याचार गरिरहेको आरोप लगाइन् । उनले शिक्षा ऐनको पालना गरेर शिक्षकले पनि राजनीतिक दलको सदस्यता त्याग्नु पर्ने बताइन् ।
राप्रपाकी रोशन कार्कीले शिक्षकमाथि आइतवार काठमाडौंमा भएको दमको विरोध गर्दै उनीहरूलाई विद्यालय फर्किने वातावरण बनाउन माग गरिन् ।
प्रतिक्रिया