मंगलबार, वैशाख १६, २०८२

पाँच सयले बढ्यो सुनको मूल्य

नेपालखोज २०८२ वैशाख १६ गते ११:२१

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा ५०० ले बढेको छ । सोमबार प्रतितोला एक लाख ८८ हजार तीन सयमा खरिदबिक्री भएको सुनको मूल्य आज ५०० ले बढेर एक लाख ८८ हजार ८०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदीको मूल्य प्रतितोला एक हजार ९७० कायम भएको छ । सोमबार पनि सोही परिमाणको चाँदी त्यति नै मूल्यमा कारोबार भएको थियो । अन्तरराष्ट्रिय बजारमा प्रतिऔँस सुन तीन हजार तीन सय १० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रतिक्रिया