सत्तारुढ दलको बैठक बस्दै, यस्ता छन् एजेन्डा
नेपालखोज
२०८२ वैशाख १७ गते ९:५२

फाइल तस्बिर
काठमाडौं । सत्तारूढ राजनीतिक दलहरूको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
आजकाे बैठककाे मूख्य एजेन्डा शिक्षक आन्दोलन रहेको जनाइएकाे छ । शिक्षकहरूसँग नियमित वार्ता भए पनि सहमति जुट्न सकेको छैन । गएराति पनि सहमति जुट्न नसकेपछि सबै दलसँग छलफल गर्न लागिएको हो ।
विशेषगरी राज्यकोषमा आर्थिक भार पर्ने माग पूरा गर्न सरकार तयार देखिँदैन । शिक्षकहरु शिक्षा ऐन र आर्थिक सुविधाका माग पूरा गर्नैपर्ने अडानमा छन् ।
यस्तै, बैठकमा समसामयिक राजनीति, मुलुकमा देखिएका विभिन्न किसिमका गतिविधिका विषयमा छलफल हुनेछ ।
सम्बन्धित

प्रतिक्रिया